दुई प्रहरी संगठनका प्रमुखलाई गृहमन्त्रीको प्रश्न– सोलुखुम्बुमा विप्लव समूहले के–के गर्‍यो ? « Khabarhub

दुई प्रहरी संगठनका प्रमुखलाई गृहमन्त्रीको प्रश्न– सोलुखुम्बुमा विप्लव समूहले के–के गर्‍यो ?


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नियमित ब्रिफिङका लागि गृहमन्त्रालय पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय सर्वेन्द्र खनाल र सैलेन्द्र खनालसँग गृहमन्त्री रामबहादुर थापा बादलले सोलुखुम्बुको घटनामा केन्द्रित भएर छलफल गरेका छन् ।

गृहमन्त्रालय स्रोतका अनुसार छलफलका क्रममा मन्त्रालयले देशभरका प्रहरी चौकीमा प्रहरीको संख्या बढाउने र सशस्त्र प्रहरी समेत परिचालन गर्ने रणनीति अघि सारेको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ मा रहेको प्रहरी चौकीमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आक्रमणको प्रयास गरेपछि गृह मन्त्रालयले प्रहरीको संख्या बढाउने रणनीति अघि सारेको हो ।

‘आज नियमित ब्रिफिङका क्रममा सुरक्षा निकायका प्रमुख सँग छलफल भएको हो । त्यसमा सोलुखुम्बुको विषय पनि उठेको थियो,’ गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले खबरहव सँग कुरा गर्दै भने, ‘गाउँमा केही हतियारधारी समूह प्रवेश गरेको सूचनापछि त्यस क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । तर, अहिलेसम्म त्यस्तो कुनै हतियारधारी व्यक्ति भेटिएका छैनन् ।’

गृहको आग्रहमा प्रहरी र सशस्त्र प्रहरीको टोली सेनाको हेलिकोप्टरमा घटनास्थल पुगेर विप्लव समूहको खोजी समेत गरिरहेको छ । गृह स्रोतका अनुसार, सोलुखुम्बुको घटनापछि आवश्यकता अनुसार देशभर रहेका प्रहरी चौकी सार्नेदेखि बलियो बनाउने सम्मका बिषयमा भने छलफल भएको थियो ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ५ : ४२ बजे

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज– चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड ९ब्लक० मा

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रित हुनुपर्छ : अग्नि सापकोटा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले विगतका

रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन

बुटवल- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ

नयाँ उपकरण राखेर गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं- गोरखकाली रबर उद्योग पुन: सञ्चालन सुझाव कार्यदलले १० महिना