विश्वभर कति मानिसले चलाउन्छन् इन्टरनेट ? « Khabarhub

विश्वभर कति मानिसले चलाउन्छन् इन्टरनेट ?


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्टरनेट सेवाको विकास र विस्तारसँगै वेबसाइटको संख्यामा पनि भारी वृद्धि भइरहेको एक तथ्यांकले देखाएको छ । संसारभर अहिले वेबसाइडको संख्या एक अर्ब ६७ करोड ८० लाखको हाराहारीमा पुगेको अनुमान गरिएको छ ।

गत जनवरीको एक तथ्यांकअनुसार विश्वभर १ अर्ब ५१ करोड ८२ लाख वेबसाइट थिए । इन्टरनेट सेवा प्रदायक कम्पनी नेटक्राफ्टका अनुसार सन् २०१४ को सेप्टेम्बरमा विश्वमा वेबसाइटको संख्या पहिलोपटक एक अर्ब पार भएको थियो । सन् २०१७ मा यो संख्या बढेर १ अर्ब ७५ करोड नाघेको थियो । गतवर्ष भने वेबसाइटको संख्या केही घटेको थियो ।

वेबसाइटको शुरुआत सन् १९९१ देखि भएको हो । डेढ अर्बभन्दा बढी वेबसाइट भए पनि सबै वेबसाइट सक्रिय भने छैनन् । ८५ प्रतिशत भन्दा बढी वेबसाइट सक्रिय छैनन्, अर्थात् अहिले १० देखि १५ प्रतिशत वेबसाइट मात्र सक्रिय छन् । यसमा पनि धेरैजसो वेबसाइटमा नियमित अपडेट हुँदैन । यसले वेबसाइट र सक्रिय वेबसाइटबीचको अन्तर धेरै देखाएको छ । यसको मतलब वास्तवमा सक्रिय वेबसाइट निकै कम छन् ।

सन् १९९१ अगस्ट ६ मा पहिलो वेबसाइट सञ्चालनमा ल्याइएको थियो । यो वेबसाइट वर्ल्ड वाइड वेब (डब्लुडब्लुडब्लु) प्रोजेक्ट थियो । यसमा केही सामान्य जानकारीका साथै हाइपरटेक्स अनुसारको इन्स्ट्रक्शन थियो । साथै वेबसाइट बनाउने केही गाइडलाइन थियो ।

यस्तै, विश्वमा अहिले ५६ दशमलब एक प्रतिशत मानिसले इन्टरनेटको प्रयोग गर्ने गरेको एक अध्ययनको तथ्यांकले देखाएको छ । पछिल्लो पटक उपलब्ध तथ्यांक अनुसार विश्वभर करिब ३ अर्ब ५८ करोड इन्टरनेट प्रयोगकर्ता छन् । सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता चीनमा छन् । चीनमा १ अर्बभन्दा बढी मानिसले इन्टरनेटको प्रयोग गर्छन् । चीनको समग्र जनसंख्याको तुलनामा यो २५ प्रतिशतभन्दा बढी हो ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ७ : ५१ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन