भारतसँग २८ रनले हार्‍यो बंगलादेश | Khabarhub Khabarhub

भारतसँग २८ रनले हार्‍यो बंगलादेश


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप एक दिवसीय क्रिकेटमा बंगलादेश भारतसँग पराजित भएको छ । बंगलादेशबिरुद्ध २८ रनले जित हासिल गरेपछि विश्वकपको मुख्य दावेदारमध्येको एक भारत सेमिफाइनलमा पुगेको छ । भारतले लिग चरणको ८ खेलमा १३ अंक जोडेको छ । लिगको अन्तिम चरणमा उसले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

बर्मिङघमको एजबास्टोन रंगशालामा ३१८ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा सबै विकेट गुमाएर २८६ रनमात्र रनमात्र जोड्न सक्यो ।

उच्च लयमा रहेका शकिव अल हसनले ६६ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन नसक्दा बंगलादेशले झिनो हार ब्यहोरेको हो । यो हारले पहिलोपल्ट विश्वकपको सेमिफाइनलमा पुग्ने बंगलादेशको सपना कम्तिमा ४ वर्षका लागि धकेलिएको छ ।

ओपनरहरु तामिम इक्वाल र सौम्य सरकाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । सौम्यले ३३ र इक्वालले २२ रनको पारी खेले ।

तेस्रो नम्बरमा आएका हसनले ७४ बलमा ६ चौकाको सहयोगमा ६६ रन प्रहार गरे । त्यसपछि आठौं नम्बरमा आएका मोहम्मद सइफुद्धिनले अर्धशतकीय पारी खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनी ३८ बलमा ९ चौकाको सहयोगमा ५१ रनमा अविजित रहे । बंगलादेशको मध्यक्रमले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा पराजित हुनुपरेको हो ।

बंगलादेशका लागि मध्यक्रममा सब्बिर रहमानले ३६ र लिटोन दासले २२ रन जोडेका थिए । कप्तान मश्रफी मोर्तजा ८ र रुवेल हुसेन ९ रनमा आउट भए ।

बलिङतर्फ जसप्रित बुमराहले ४ विकेट लिए । हार्दिक पान्ड्याले ३ तथा भूवनेश्वरकुमार, मोहम्मद सामी र युजवेन्द्र चहलले १/१ विकेट लिए । बुमराहले १० ओभरमा १ मेडन राख्दै ५५ रन खर्चिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनाएको हो । ओपनरहरु रोहित शर्माको शतक र केएल राहुलको अर्धशतकको मद्दतले बंगलादेशलाई ३ सय माथिको लक्ष्य दिएको हो ।

भारतका रोहित र राहुलले पहिलो विकेटका लागि १८० रनको साझेदारी गर्दै बलियो सुरुआत गरेका थिए । पहिलो विकेटका रुपमा रोहित शतकसहित १०४ रन बनाएर आउट भए । यो उनको जारी विश्वकपमा चौथो शतक हो ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ६ : ५० बजे

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू