मेस्सी फेरि चुके- ब्राजिलसँग पराजित हुँदै कोपाबाट बाहिरियो अर्जेन्टिना | Khabarhub Khabarhub

मेस्सी फेरि चुके- ब्राजिलसँग पराजित हुँदै कोपाबाट बाहिरियो अर्जेन्टिना


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जेन्टिना कोपा अमेरिका कपबाट बाहिरिएको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २-० गोलले पराजित गरेको हो ।

घरेलुमैदानमा भएको खेलको १९ ‌औं मिनेटमा ब्राजिलका लागि रोबर्टो फिर्मिनोको पासमा ग्राबियल जिससले गोल गरेका थिए ।

त्यस्तै दोस्रो हाफको ७१ औं मिनेटमा जिससको पासमा फिर्मिनोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए ।

कोपाको सेमिफाईनलबाट बाहिरिएसंगै ठूलो प्रतियोगिता जित्नबाट बार्सिलोनाका फर्वार्ड समेत रहेका अर्जेन्टाइन कप्तान लियोनल मेस्सी चुकेका छन् ।

यो सिजनको कोपामा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उनी स्वयमले आफूले सोचे जस्तो खेल्न नसकेको बताएका थिए । कोपामा उनले एक गोल मात्र गरे त्यो पनि पेनाल्टिमार्फत ।

वार्सिलोनालाई सबैखाले उपाधि जताएका मेस्सीले अर्जेन्टिनाको जर्सिमा ठूलो उपाधि जित्न सकेका छैनन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ८ : १२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका