कोरियन भाषा परीक्षा पास भएका श्रमिकको सीप परीक्षण भदौमा हुने « Khabarhub

कोरियन भाषा परीक्षा पास भएका श्रमिकको सीप परीक्षण भदौमा हुने


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२० का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेका श्रमिक (परीक्षार्थी)को सीप परीक्षण आगामी भदौ महिनामा हुने भएको छ ।

उनीहरुको सीप परीक्षा भदौ ४ देखि १८ गतेसम्म हुने भएको छ । कोरियन भाषा उत्तीर्ण गरेका परीक्षार्थीले सीप परीक्षणमा सहभागी हुन असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फाराम भरीसक्नुपर्ने वैदेशिक रोजगार इपीएस शाखा कार्यलयले जानकारी दिएको छ । शाखाले कोरियाको मानव शंसाधन कन्द्रले पठाएको सूचनाका आधारमा सूचना प्रकाशित गदै सन् २०२० का लागि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीलाई जानकारी गराएको छ ।

सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । औद्योगिक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना उत्तीर्ण भएका थिए ।

वैदेशिक रोजगार ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रका लागि परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । उक्त भाषा परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य सहभागी हुनुपर्ने भएको छ ।

यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका छन् । भाषा परीक्षा पास भएकाले सय अंकको सीप परीक्षा अनिवार्य दिनुपर्ने भएको छ । सीप परीक्षणमा पास भएका परीक्षार्थीले मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने शाखाले जनाएको छ ।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले वर्ष उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जनाका लागि कोटा छुट्याए पनि निर्धारण गरेको कोटा भन्दा २ हजार बढीको नाम प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ११ : ०५ बजे

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी