विश्वविद्यालयमा बस्न मान्दैनन् रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष, ५० हजार खर्चेर बजारमा बस्ने व्यवस्था « Khabarhub

विश्वविद्यालयमा बस्न मान्दैनन् रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष, ५० हजार खर्चेर बजारमा बस्ने व्यवस्था


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले विश्वविद्यालय हाताभित्रको आवास प्रयोग नगरी बजारमा भाडामा बस्दै आएका छन् ।

आवासीय विश्व विद्यालयको रूपमा रहेको यस विश्वविद्यालय हाताभित्र पदाधिकारी, प्राध्यापक र कर्मचारीका लागि आवासको व्यवस्था रहेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकाल भने विश्वविद्यालयको हाताभित्रको आवासमा बस्दै आएका छन् । रजिष्ट्रार प्रा डा मनराज कोलाक्षपती र सेवा आयोगका अध्यक्ष रामनाथ ओझा भरतपुरमा घर भाडामा लिएर बस्दै आएका छन् ।

ढकालले दुवै जनालाई भित्र आवासको व्यवस्थापन गर्न सकिने बताए ।

भित्र बस्दा त्यहाँको समस्या थाहा हुने र व्यवस्थापन गर्न सहज हुने उपकुलपति ढकालले बताए ।  उनका अनुसार दुवै जनाले भरतपुरको आवास छोडेर रामपुर जान चाहेका छैनन् ।

विश्वविद्यालयका लेखाप्रमुख विष्णु देवानका अनुसार दुई आवास भरतपुरमा व्यवस्थापन गर्न रु ५० हजार हाराहारी मासिक खर्च हुने गरेको छ । शिक्षा मन्त्रीको निर्देशनपछि काठमाडौँमा रहेको विश्वविद्यालयको कार्यालय हटाइएको छ ।

काठमाडौँमा विश्वविद्यालयको आवास भने अहिले पनि रहेको छ । भरतपुरमा समेत विश्वविद्यालयको आवास राखिएकोमा हालै मात्र हटाइएको छ ।

विश्वविद्यालयमा समय समयमा बन्द, हड्ताल, आन्दोलन हुने भएकाले यी सबै कार्यलाई छलेर बजारमा रमाउन पदाधिकारीहरु भरतपुर बस्ने गरेको आरोप लागेको छ । भरतपुर विश्वविद्यालयबाट १० किलोमिटरको दुरीमा छ । रजिष्ट्रार कोलाक्षपतीले भरतपुर बसे पनि अधिकांश समय रामपुरमा रहने गरेको जिकिर गरे ।

यसअघि भरतपुरमा विश्वविद्यालयको केन्द्रीय कार्यालय हुँदा तत्कालीन उपकुलपति बस्नका लागि भाडामा लिइएको आवास नै कोलक्षपतीले प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : ०२ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर