बीमा समितिले एकिकृत सफ्टवेयर ल्याउने तयारी | Khabarhub Khabarhub

बीमा समितिले एकिकृत सफ्टवेयर ल्याउने तयारी


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीमा समितिले सवै काम अनलाइन प्रणालीबाट गर्ने गरी एकीकृत सफ्टवेयर विकास गरिरहेको छ । समग्र बीमा क्षेत्रलाई प्रविधि मैत्री र बीमा क्षेत्रका सवै काम अनलाइन प्रणालीबाट गर्ने उद्देश्यले एकिकृत सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिरहेको समितिले जानकारी दिएको छ ।

बीमाका सवै काम अगामी दिनमा प्रविधिमार्फत गर्नुपर्ने आवश्यक भएका कारण अनलाइन प्रणालीको विकास गर्ने लागिएको समितिले जानएको छ ।

हालसम्म बीमा समितिको आफ्नो सर्भर छैन । तंथ्याक भण्डारणमा सर्भर महत्वपूर्ण मानिन्छ । बीमा समितिले आफ्नो काम पेपरलेस बनाउन काम भइरहेको समितिले जनाएको छ ।

बीमा बजार व्यापक बन्दै गएका कारण पनि अनलाइन प्रविधि आवश्यक रहेको बीमा समितिका निर्देशक राजुरमण पौडेलले बताएका छन् । ‘प्रविधि मैत्री निरीक्षणमा पछाडि पर्दै आएको बीमा समितिले एकिकृत सफ्टवेयर सञ्चालनमा ल्याउदै छ । जसका लागि समितिले टेण्डर आह्वान गरिसकेको छ ।’ उनले भने, ‘बीमा क्षेत्रमा प्रविधि विकासले यो क्षेत्रलाई सहज बनाउने छ । समयको मागअनुसो एकिकृत सफ्टवेयर सञ्चालनमा ल्याउने भएका छौं ।’ बीमा समितिले एकिकृत सफ्टवेयर प्रणाली निमार्णका लागि गत आइतवार मात्र ३५ दिने टेन्डर समेत गरेको छ ।

बीमा समितिमा सफ्टवेयरहरु भएको तर एकिकृत नभएकाले तंथ्याक राख्न समस्या भइरहेको जनाएको छ । सफ्टवेयर नहुदाँ एजेन्ट तथा सर्भेयरको डाटाहरु अनलाईन प्रणालीमा थिएन । अभिकर्ता कार्ड वितरण प्रक्रिया अनलाइनमा उपलब्ध हुन समस्या हुदै आएको थियो । बीमा समितिको हालसम्म पनि मोवाइल एप्स पनि छैन । जसका कारण सेवाग्राहीलाई समस्या भइरहेको थियो ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : ४६ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष