भोजपुर सदरमुकाम नजिकै शंकास्पद बस्तु फेला, वडा कार्यालयमा आगजनी « Khabarhub

भोजपुर सदरमुकाम नजिकै शंकास्पद बस्तु फेला, वडा कार्यालयमा आगजनी


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • वुद्ध तामाङ

भोजपुर– भोजपुर जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले तोडफोड तथा आगजनी गरेको छ ।

वडा कार्यालयको ताल्चा फुटाएर सो समूहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो ।

अज्ञात समूहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्यूटर, टेबुल, कुर्सी, प्रिन्टर, ईन्टरनेटका सामाग्री, महत्वपूर्ण कागजातहरु जलाएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

सोही वडाको परिसरभित्रै बम जस्तो देखिने शंकास्पद बस्तु भने निष्क्रिय गरिएको प्रहरीले जनाएको छ । अज्ञात समूहले कार्यालयमा रहेको १ थान ल्यापटप पनि साथमा लिएर गएको बताइएको छ ।

घटनापछि उक्त स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । घटनास्थलमा बुधबार विहानबाटै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीलाई परिचालन गरिएको छ ।

सदरमुकाम नजिकै शंकास्पद बस्तु फेला

भोजपुर सदरमुकाम नजिकै देउराली सौदाचोकमा शंकास्पद वस्तुसमेत फेला परेको छ । सौदाचोकदेखि बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको अवस्थामा शंकास्पद बस्तु फेला जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

उक्त शंकास्पद बस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाले डिस्पोजको तयारी गरिरहेको छ । शंकास्पद बस्तु राखिएको वरपरका स्थानीयवासी त्रसित बनेका थिए । बुधबार विहान ११ बजेतिर सो बाटो भएर हिँड्ने बटुवाहरुले शंकास्पद बस्तुदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  २ : ४३ बजे

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्