भोजपुर सदरमुकाम नजिकै शंकास्पद बस्तु फेला, वडा कार्यालयमा आगजनी « Khabarhub

भोजपुर सदरमुकाम नजिकै शंकास्पद बस्तु फेला, वडा कार्यालयमा आगजनी


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • वुद्ध तामाङ

भोजपुर– भोजपुर जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले तोडफोड तथा आगजनी गरेको छ ।

वडा कार्यालयको ताल्चा फुटाएर सो समूहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो ।

अज्ञात समूहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्यूटर, टेबुल, कुर्सी, प्रिन्टर, ईन्टरनेटका सामाग्री, महत्वपूर्ण कागजातहरु जलाएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

सोही वडाको परिसरभित्रै बम जस्तो देखिने शंकास्पद बस्तु भने निष्क्रिय गरिएको प्रहरीले जनाएको छ । अज्ञात समूहले कार्यालयमा रहेको १ थान ल्यापटप पनि साथमा लिएर गएको बताइएको छ ।

घटनापछि उक्त स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । घटनास्थलमा बुधबार विहानबाटै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीलाई परिचालन गरिएको छ ।

सदरमुकाम नजिकै शंकास्पद बस्तु फेला

भोजपुर सदरमुकाम नजिकै देउराली सौदाचोकमा शंकास्पद वस्तुसमेत फेला परेको छ । सौदाचोकदेखि बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको अवस्थामा शंकास्पद बस्तु फेला जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

उक्त शंकास्पद बस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाले डिस्पोजको तयारी गरिरहेको छ । शंकास्पद बस्तु राखिएको वरपरका स्थानीयवासी त्रसित बनेका थिए । बुधबार विहान ११ बजेतिर सो बाटो भएर हिँड्ने बटुवाहरुले शंकास्पद बस्तुदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  २ : ४३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना