नेपालमा लगानीको संभावनाबारे ओमानमा चर्चा « Khabarhub

नेपालमा लगानीको संभावनाबारे ओमानमा चर्चा


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्कट– ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमान सरकार र त्यहाँका व्यापारीहरुलाई नेपालमा लगानी गर्न अनुरोध गरेकी छन् ।

ओमानस्थित नेपाली दूतावासद्वारा मस्कटमा आयोजित ‘नेपालमा लगानीको संभाना’ विषयक कार्यक्रममा बोल्दै राजदूत ढकालले नेपाल सरकारले वैदेशिक लगानीका लागि आवश्यक नीतिगत सुधार र कानूनहरु निर्माण गरेको उल्लेख गर्दै अहिलेको अवस्थामा नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताइन् ।

ओमानको उद्योग मन्त्रालयका सचिव अहमद विन हसन अलदिब समेत सहभागी कार्यक्रममा नेपालमा लगानीको संभावनासँग सम्बन्धित बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा बोल्दै राजदूत ढकालले नेपालको कृषि, उर्जा, आधारभूत संरचना, शिक्षा, औद्योगिक संरचना, आधारभूत शहरी संरचना तथा यातायात र परिवहन क्षेत्रमा लगानी गर्न सकिने विषयमा प्रकाश पारिन् ।

ओमानस्थित विभिन्न देशका राजदूत, मिसन प्रमुख, विभिन्न देशका राजदूतावासका आर्थिक तथा व्यापार सल्लाहकार र व्यापारीहरु सहभागी कार्यक्रममा नेपालमा विकास अवस्था र लगानीको संभावनाको विषयमा पनि चर्चा गरिएको थियो ।

कार्यक्रममा ओमानको परराष्ट्र मन्त्रालयको दक्षिण एसिया विभागको प्रमुख हिलाल मारोन अल मामारी, अर्थतन्त्र क्षेत्रका प्रमुख डा. याह्या अब्दुल्लाह अल फन्नाह, ओमान चेम्बर अफ् कमर्स एण्ड इन्डस्ट्रिजका सीईओ अधैम अल बहरानी लगायत सहभागी थिए ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ३ : २८ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले