नौ हजार कर्मचारीको मागमा साढे चार लाखको आवेदन « Khabarhub

नौ हजार कर्मचारीको मागमा साढे चार लाखको आवेदन


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना सम्बन्धी खुलाएको विज्ञापनमा करिब साढे चार लाखको आवेदन परेको छ । आयोगले ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारी माग गर्दै खुलाएको विज्ञापनमा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका हुन् ।

मंगलबार अन्तिम फाराम भर्ने समय सिमासम्म यति संख्यामा आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए । उनकाअनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख तीन हजार ५६७, जनजाति ४३ हजार ३२६, मधेशी २४ हजार ९०, दलित तीन हजार ९१ र अपाङ्ग १४६ र पिछडिएका ११६ ले आवेदन दिएका छन् ।

आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो । उनका अनुसार आवेदनबाट १४ करोड चार लाख ११ हजार १५० राजश्व सङ्कलन भएको छ ।

आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ । सर्वोच्च अदालतले गत सोमबार विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगलाई परीक्षा सञ्चालन गर्ने बाटो खुला भएको थियो ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ३ : ५० बजे

कीर्तिमानी युक्तको अन्त्येष्टिमा पुगेन गगन-सुधन (तस्बिरहरू)

 ‘ब्रोड पिक’ मा मृत्यु भएका पर्वतारोही  को अन्त्येष्टि (तस्बिरहरू) काठमाडौं-

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही– रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बुधबार र पर्सा

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको