नेपाल इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा ढकाल निर्वाचित « Khabarhub

नेपाल इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा ढकाल निर्वाचित


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल निर्वाचित भएका छन् । काठमाडौंमा बुधबार सम्पन्न संघको ५औं वार्षिक साधारण सभाले ढकाललाई निर्विरोध रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

यस्तै, संघको विशिष्ट मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा ध्रुब कुमार श्रेष्ठ, उपाध्यक्षमा अशोक शेरचन, महासचिवमा राजेन्द्र लाल श्रेष्ठ, कोषाध्यक्षमा पवन अग्रवाल र सचिवमा मनोज श्रेष्ठ भडेल चयन भएका छन् ।

कार्य समिति सदस्यमा भने अनिल दास श्रेष्ठ, कमल राज विष्ट, किसान सुनार, कृष्ण पौडेल, तिर्थ रोका, विनोद बस्नेत, विनोद सग्तानी, बासुमाया तमाङ्ग, विना प्याकुरेल, युगेश वादे श्रेष्ठ, सुमित कुमार वंशल, शम्भु कुमार लामा, शुसिल जैन, सञ्जय अग्रवाल, सुनिल शर्मा र राजेन्द्र बराल निर्वाचित भएका छन् ।

नेपाल तथा इटालीबीचको आर्थिक, व्यापारिक, पर्यटन लगानीका लागि नेपाल इटाली उद्योग वाणिज्य संघको स्थापना भएको हो ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नवराज ढकालले सबै उद्योगी व्यवसायीहरुको सहकार्य तथा राय सुझाबबाट संघका गतिविधिहरु प्रभावकारी रुपमा अगाडी बढाउने कुरा बताए ।

इटालीका विभिन्न संघ संगठनहरुसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधिमण्डलको आदान प्रदान, व्यापार मेलाहरुमा सहभागिता आदि कार्य गरी दुई देशबिचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन प्रयास गर्ने पनि अध्यक्ष ढकालको भनाइ थियो ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ३ : ५१ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को