राहुल गान्धीद्वारा कांग्रेस प्रमुखको पदबाट राजीनामा « Khabarhub

राहुल गान्धीद्वारा कांग्रेस प्रमुखको पदबाट राजीनामा


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय कांग्रेस पार्टी प्रमुख राहुल गान्धीले पदबाट राजीनामा दिएका छन् । बुधबार ट्वीट गर्दै कांग्रेस अध्यक्ष गान्धीले पार्टी प्रमुखबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

ट्वीटमा उनले हालै भएको आम निर्वाचनमा पार्टीको पराजयको जिम्मेवारी लिँदै पार्टी प्रमुखको पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । यसअघि पनि उनले राजीनामा दिने मनशाय व्यक्त गरेको तर पार्टीका नेताहरुले उनलाई राजीनामा नदिन सल्लाह दिएपछि उनी पछि हटेको समाचार सार्वजनिक भएको थियो ।

अघिल्लो अप्रिल र मे महिनामा भएको आम निर्वाचनमा कांग्रेसले ५४३ मध्ये केबल ५२ सिट ल्याएको थियो । लज्जास्पद पराजयसँगै उनीमाथि राजीनामा दिन तीब्र दबाब रहीआएको थियो । राहुल गान्धीका बाबु राजिव गान्धी, हजुरआमा इन्दिरा गान्धी र बुढा हजुरबुवा जवाहरलाल नेहरुले भारतीय प्रधानमन्त्रीको रुपमा आफ्नो जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ५ : ३९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल