क्यान्सर रोगको भ्रम निवारणका लागि विशेषज्ञहरुको सम्मेलन नेपालमा हुँदै « Khabarhub

क्यान्सर रोगको भ्रम निवारणका लागि विशेषज्ञहरुको सम्मेलन नेपालमा हुँदै


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजमा रहेको क्यान्सर सम्बन्धी भ्रम निवारणका लागि क्यान्सर रोग विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन आउँदो शुक्रबार नेपालमा हुने भएको छ।

नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजीको आयोजनामा हुन लागेको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्यान्सर रोग विशेषज्ञहरुको सहभागीता रहनेछ । सम्मेलनको पहिलो दिन क्यान्सर रोगको विषयमा समाजमा रहेका भ्रम, क्यान्सर रोगको पहिचान, नेपालमा भइरहेको उपचार विधिको विषयमा छलफल हुनेछ ।

यस्तै सम्मेलनको दोस्रो दिन क्यान्सरको इमिनोथेरापी विधिबाट हुने उपचार पद्धतिबारे जानकारी गराइने छ । सोही दिन विदेशी विशेषज्ञहरुले विदेशमा हुने क्यान्सर रोगकाे उपचारका विषयमा जानकारी दिनेछन् भने नेपाली चिकित्सकहरुले पनि नेपालमा भइरहेकाे उपचारका विषयमा  छलफल गर्नेछन्। त्यसैगरी सम्मेलनमा क्यान्सर रोगकाे उपचारका लागि आएका नयाँ विधिहरुबारे पनि छलफल गरिने छ।

सम्मेलनमा नेपालसहित भारत र बंगलादेशका क्यान्सर रोग विशेषज्ञहरुको सहभागीता रहने छ । जसमा भारत र बंगलादेशका १० जना क्यान्सर रोग विशेषज्ञ तथा नेपालका क्यान्सर रोग विशेषज्ञ चिकित्सक र नर्सहरु सहित २ सय भन्दा बढीको सहभागीता रहने कार्यक्रम संयोजक डाक्टर गुरु शरण शाहले जानकारी दिए ।

‘क्यान्सरको उपचार गर्ने विभिन्न तरिका हुन्छ, औषधि दिएर, शल्यक्रिया गरेर, रेडियोथेरापी लगायतका विधिबाट क्यान्सर रोगको उपचार गरिन्छ,’ डा शाहले भने, ‘हाम्रो सोसाइटीलाई क्यान्सरका बिरामीलाई उचित सेवा दिन, उपचारको पहुँचमा ल्याउन तथा क्यान्सरको उपचारमा आएका नयाँ विधिको विषयमा जानकारी दिन कार्यक्रमको आयोजना गरेका छौं ।’

सम्मेलनको उद्घाटन दरबारमार्गस्थित पेभेलियन मिडिया ग्रुपको हलमा हुनेछ ।  शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म हुने कार्यक्रमको सगरमाथा टेलिभजन र खबरहब डटकमले प्रत्यक्ष प्रसारण गर्नेछन्।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ६ : ३४ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै