आफैले आयोजना गरेको पार्टीमा ‘रासलीला’ मच्चाउँदा शारजाहका राजकुमारको ज्यान गयो « Khabarhub

आफैले आयोजना गरेको पार्टीमा ‘रासलीला’ मच्चाउँदा शारजाहका राजकुमारको ज्यान गयो


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दुबई– हालै संयुक्त अरव इमिरेट्स (यूएई) अन्तर्गतको शारजाह इमिरेटका राजकुमार आफैले आयोजना गरेको एक आलिशान पार्टीमा रासलीला मच्चाउँदा ज्यान गएको छ ।

३९ वर्षे राजकुमार शेख खालिद बिन सुल्तान अल कशिमीले लण्डनस्थित एक आलिशान अपार्टमेन्टमा उक्त पार्टीको आयोजना गरेका थिए । लण्डनको नाइटब्रिज क्षेत्रमा रहेको उक्त अपार्टमेन्टमा गरिएको सो पार्टीमा राजकुमारले विभिन्न अवैध औषधीहरुको अत्याधिक सेवन गरेका थिए । सोही कारण उनको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

घटनापछि प्रहरीले सो ठाउँमा अवैध औषधीहरु फेला पारेको थियो । पार्टीमा सहभागीहरुले यौनजन्य गतिविधि समेत गरेको प्रहरीले जनाएको छ । राजकुमार शेख खालिद बिन सुल्तान अल कशिमीको बुधबार अन्त्यष्टि गरिएको छ । शारजाहका शासक डा. सुल्तान बिन मोहम्मद अल कशिमीको रोहबरमा किङ फैसाल मस्जिदमा उनको अन्त्येष्टि गरिएको हो ।

अन्त्यष्टिमा हजारौं मानिसको सहभागिता थियो । उनको निधनपछि शारजाह सरकारले तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा गर्दै झण्डा आधा झुकाउने जनाएको छ । शारजाहमै जन्मेर ९ वर्षको उमेरदेखि उनी बेलायतमा बसोबास गर्दै आएका थिए । उनले बेलायतको केन्टस्थित प्रतिष्ठित टोनब्रिज विद्यालय, इम्पेरियल कजेल लण्डन र सेन्ट्रल सेन्ट मार्टिन्सको आर्ट स्कूलमा अध्ययन गरेका थिए । सन् २००८ मा उनले कशिम ओम नामक कपडा ब्राण्ड समेत स्थापना गरेका थिए ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ८ : ३३ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई