सुडानमा सैनिक सरकार र विपक्षीबीच संवैधानिक घोषणामा सहमति « Khabarhub

सुडानमा सैनिक सरकार र विपक्षीबीच संवैधानिक घोषणामा सहमति


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खार्तुम-सुडानको सत्ता सम्हालिरहेको संक्रमणकालीन सैन्य परिषद् तथा विपक्षीबीच संवैधानिक घोषणाका विषयमा सहमति जुटेको छ ।

दुई पक्षबीच भएको वार्ताको मध्यस्थता गरेको अफ्रिकी संघका प्रतिनिधिले सुडानमा संवैधानिक घोषणाका विषयमा सहमति जुटेको बताएका हुन् । अफ्रिकी संघका प्रतिनिधि मोहम्मद अल हसन लेबातले दुई पक्षबीच संवैधनिक घोषणाका विषयमा पूर्ण सहमति बनेको पुष्टि गरेका हुन् ।

सुडानको संक्रमणकालीन सैन्य परिषद् तथा विपक्षी अलायन्स फर फ्रिडम एण्ड चेन्जबीच भएको लामो वार्तापछि यस्तो सहमति संभव भएको बताइएको छ । यो सहमतिसँगै सुडानको सत्ता नागरिक सरकारलाई हस्तान्तरणका लागि बाटो खुल्ने अपेक्षा गरिएको छ । अलायन्स फर फ्रिडम एण्ड चेन्जले सैनिक सरकारको विरोधमा व्यापक प्रदर्शनको आयोजना गर्दै आएको थियो ।

सोही प्रदर्शनका क्रममा एकपछि अरु प्रदर्शनकारीको ज्यान जान थालेपछि त्यहाँ शुक्रबार मात्रै ९ जनालाई पक्राउ गएिको थियो ।

गत सोमबार सुडानको एल ओबाइद शहरमा एक अर्धसैनिक दस्ताका सदस्यहरुको कारवाहीमा ४ स्कूले बालबालिकासहित ६ जनाको ज्यान गएको थियो भने गत बिहीबार ओम्डुरमान शहरमा प्रदर्शनकारीविरुद्ध गरिएको सुरक्षा कारवाहीमा ४ प्रदर्शनकारी मारिएका थिए ।

प्रदर्शनकारीको ज्यान लिएको अभियोगमा ९ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा त्यहाँको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सका सदस्यहरु रहेको बताइएको छ ।

निकै लामो समयदेखि सुडानको नेतृत्वमा रहेका राष्ट्रपति ओमर अल बशिरलाई गत अप्रिल महिनामा सत्ताच्युत गरेयता त्यहाँ सैनिक परिषद्ले अन्तरिम सरकार चलाइरहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ७ : ३३ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा