सडकमा पोते बेच्ने बाबुको इच्छा छोरीलाई डाक्टर बनाउने « Khabarhub

सडकमा पोते बेच्ने बाबुको इच्छा छोरीलाई डाक्टर बनाउने



काठमाडौं । साउन महिनाको चर्को घाम । घामको प्रकाश छेक्न छाता ओढेर सडकको एक छेउमा पोतेको व्यापार गरिहेका थिए ‘एक दम्पत्ती’ ।

सडककलाई नै व्यापारिक थलो बनाएका छन्, ‘जुम्लाका रामबहादर रोकयाले’ । डेढ दशकदेखि पोते गाँसेर र बेचेर जीविकोपार्जन गरिरहेका उनी सडकमै राम्रो आम्दानी गर्ने गरेको सुनाउँछन् ।

गत सोमबार रामबहादुरलाई खबरहबले स्थलगत रिपोर्टिङ गर्ने क्रममा मित्रपार्कबाट पशुपति छिर्ने फुटपाथमा व्यापार गरिरहेको अवस्था भटेको थियो । फुटपाथको छेउ तारले बेरिएको थियो ।

तारभरी रहर लाग्दो बनाएर हरिया राता र पहेँला पोते सजाएका थिए उनले । मानिहरुको आवतजावत बढि नै थियो । महिलाहरुको आँखा झट्ट त्यही पुग्थे । पोते नकिने पनि अवलोकन गर्नेहरुको भीड हुन्छ रामबहादुरको छेउछाउमा ।

छेउमा आउनेहरु सबैले पोते किनिदिए पनि हुन्थ्यो भन्ने मनशाय राख्देँ उनी । त्यसैले होला, मानिसहरु बाटो हिड्दा पनि रामबहादुर मिठो स्वरमा भन्ने गर्थे ‘ए हजुर ! यता हेर्नुस्, मन परेमा १ लुङ मात्र भएपनि लैजानुस्’!

मानिसहरु पनि आइहाल्थेँ, उनी फुरुङ्ग हुँदै पोतेको बारेमा विस्तृत वयान नै गर्थे । आउने जतिले एउटा मात्रै भएपनि लिएरै निस्कन्थेँ ।

सडकमा पोते बेच्ने रामबहादुरको स्थायी घर जुम्ला हो । वि.स. २०३४ सालमा जुम्लाको सिजामा जन्मिएका उनी परिवारको एक्लो सन्तान हुन् ।

‘म ३ वर्षको हुँदा बुबाआमाल छोडेर जानुभयो’ रामबहादुरले विगतलाई सम्झँदै भने । बुबाआमाले छोडेपछि हेरचाह गर्ने कोही थिएन, अरुको घरमा काम गरेर दुई छाक खान्थे उनले ।

पढ्ने लेख्ने उमेरमा अरुको घरमा काम गर्नुपर्दा नरमाइलो कसलाई लाग्दैन र ! तर, भाग्य नै यस्तो रहेछ भनेर चित्त बुझाउने गरेको बताए रामबहादुरले ।

४ वर्षसम्म जसोतसो गाउँमै बसे पनि त्यसपछि भने उनलाई जुम्लामा बस्न मन लागेन । ७ वर्षको उमेरमा उनले गाउँ नै छाडे।

‘शुरुमा कहाँ जाने के गर्ने केही थाहा थिएन’ उनले भने ‘शहरमा ठूला होटलहरु हुन्छन् रे भनेको सुनेको थिएँ त्यही गएर जुठा भाडा माझेर भएपनि पेट पाल्छु सोचेर घरबाट निस्किएँ’ ।

जुम्लाबाट वि.स. २०४० सालमा उनी पोखरा पुगेँ । बाटोमा अरुले ‘कहाँ हिडेको भाइ’ भन्ने प्रश्न पनि गरेका थिए उनलाई । तर, गन्तव्य थिएन उनको । त्यसैले प्रतिजवाफ कसैलाई फर्काएनन् ।

त्यो विगत सुनाइरहँदा रामबहादुरको गँह भरी आशु देखिन्थ्यो । ‘दुःख पछि सुःख अवश्य आउँछ हिम्मत र साहस भएमा सफल बन्न सकिने रहेछ भन्ने राम्रो उदाहरण हुन उनी । ‘हामी सानो दुखमा आतिन्छौँ’ भन्छन्, ‘दुःखमा संघर्ष गर्न सकेमा मात्र सफल भइन्छ’ । सफल भएपछि जे गर्न पनि आँट र शाहस आउने भन्दै उनले अब जस्तो सुकै काम गर्न पनि सक्ने बताए ।

पोखरामा लामो समयसम्म बसे उनी । त्यही क्रममा सडक किनारामा हिडिरहँदा रामबहादुरको आँखा घरको सटरमा पुग्यो । त्यहाँ एक वृद्धले पोते गासिरहेका थिए ।

रामबहादुरले अचम्म मान्दै वृद्धलाई सबै कुरा सोधे । रामबहादुरले भनेझैँ वृद्धले पनि जानकारी दिए । ‘दुःख गरी कमाएको ५ हजार रुपैयाँ खल्तीमा थियो’ त्यो क्षण सम्झँदै उनले भने ‘पोते किन्न धरान पुगेँ र पोखराबाटै व्यापार शुरु गरेँ’ ।

व्यापार गर्न थालेपछि विस्तारै सबैकुरा बुझ्दै गए उनले । सुरुवाती चरणमा पोतेको व्यापार निकै कम हुन्थ्यो । विस्तारै व्यापार बढ्ने हेतुले उनलाई पोखरा छोडेर काठमाडौं पस्न मन लाग्यो ।

व्यापारकै शिलशिलामा पोखराबाट काठमाडौं

आजभन्दा १७ वर्षअघि रामबहादुरले बिहे गरेर श्रीमती सहित राजधानी आए । तत्कालका लागि स्वयम्भूमा डेरा लिएर बस्न थाले । व्यवसाय थप्नका लागि उनीसँग रकम थिएन । भएकै सामानलाई कसरी हुन्छ बिकाउनुपर्छ भन्ने सोच उनमा आयो ।

रामबहादुरले स्वयम्भू क्षेत्रमा सडकमै पोतेको व्यापार गरे लामो समयसम्म । केही वर्षपछि उनी बाबु बने । जिम्मेवारी थपियो । आफुले पढ्न नसक्दा कयौँ दिन र रात भोकै बसेको समझना अझै ताजा छ उनको मानस्पटलमा।

‘हरेक बुबाआमाको इच्छा सन्तान ठूलो मान्छे बनून्’ भन्ने हुन्छ रामबहादुर र उनकी श्रीमती हजनाको पनि त्यही सोच छ । ‘आफु त अन्धकार बनियो’ दम्पत्तीले एकै स्वरमा भने ‘छोराछोरीलाई उज्यालोतिर लैजानुपर्छ’ ।

‘हाम्रो सपना नै एक छोरा र एक छोरीलाई राम्रो पढाउने र ठूलो बनाउने हो, त्यसकै लागि त यसरी व्यापारमा खटिरहेका छौँ’ उनीहरुले भने ।

रामबहादुरले इन्डियाबाट पोते ल्याउँछन् र दिनभरी गाँस्ने र मिलाउने काम गर्छन् । उनको पसलमा १ सय रुपैयाँदेखि एक हजारसम्मका पोते छन् ।

अरुलाई समेत रोजगार दिएका छन् उनीहरुले । ‘दिनभरी घरमै बस्नेहरुले पोते लगेर गाँसेर ल्याउछन्’ उनले भने ‘त्यसवापत पैसा दिन्छु मैले’ ।

‘पोतेकै व्यापार गर्न थालेको १८ वर्ष भइसकेछ’ हर्षित हुँदै भन्दै थिए ‘अहिले त सटर भाडामा लिएर व्यापार गरिरहेका छौँ पहिलेजस्तो सडकमा बस्दैनौँ नि’ ।

छोराछोरीप्रतिको खुसी

रामबहादुरको र हजनाको एउटै सपना छ छोरा छोरीलाई राम्रो पढाउने । आफुहरुले पढ्न नसकेकै कारण लाामे समयसम्म कष्टले सडकमा व्यापार गरेको यथार्थ सुनाउँदै हजना भन्छिन्, ‘छोराछोरीलाई पढाउनकै लागि यहाँ बसेर व्यापार गरिरहेको हौँ’ ।

‘जुम्लामा प्रशस्त जग्गा जमीन छ’ उनले भनिन् ‘छोराछोरी पढाइसकेपछि गाउँ नै जानुपर्छ’ । उनको त्यो बोलीमा छोराछोरीको माया प्रष्टै देखिन्थ्यो । हजनाकी छोरी ११ कक्षामा र छोरा ८ कक्षामा अध्ययन गरिरहेका छन् ।

उनकी १७ वर्षीया छोरी उच्च शिक्षाकै लागि राजधानीको डिल्लीबजारस्थित एक क्याम्पसमा भर्ना भएकी छिन् ।

‘छोरीको डाक्टर बन्ने सपना छ रे खुसी साट्दै उनले भनिन्, ‘विज्ञान विषयमा अध्ययन गर्दै छे अहिले’ ।

पोतेका व्यवसायबाटै छोराछोरीको डाक्टर बन्ने सपनालाई पूरा गर्ने सोच रहेको उनीहरुले बताए । व्यापार गर्दा धेरै थोरै रकम आम्दानी भइरहेको हुन्छ’ उनीहरु भन्छन्, ‘भएको आम्दानी र आफ्नो व्यवसायप्रति खुसी हुनु नै ठूलो कुरा हो’ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ८ : २० बजे

पाकिस्तानको ऋण र दायित्व एकै त्रैमासिकमा १२२ खर्ब रुपैयाँले बढ्यो

काठमाडौँ– पाकिस्तानको कूल ऋण एवम् वित्तीय दायित्व १२२ खर्ब पाकिस्तानी

बालिकाका लागि आत्मरक्षा तालिम

काठमाडौँ- महिला हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिकामा बालिकाका

नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई सम्मान

काठमाडौँ- गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता

कांग्रेस उपसभापति खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष

प्राधिकरणले सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्ने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत्