ट्राफिक नियम प्रति सचेतना बढ्दै | Khabarhub Khabarhub

ट्राफिक नियम प्रति सचेतना बढ्दै


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- ट्राफिक सचेतना अभिवृद्धिका कारण रोल्पामा ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्दै गएको देखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा ट्राफिक नियम उलङ्घन गरी कारवाही पर्ने सवारीसाधनको सङ्ख्या दुई हजार ८३४ रहेको थियो । यो सङ्ख्या आव ०७४/०७५ को तुलनामा ७२४ ले कम हो । आव ०७४/०७५ मा यो सङ्ख्या तीन हजार ५५८ रहेको थियो ।

ट्राफिक नियम उलङ्घन गरेर कारवाहीमा पर्ने सवारीसाधनबाट आव ०७५/०७६ मा रु १५ लाख ३३ हजार ५०० राजश्व सङ्कलन भएको छ । आव ०७४/०७५ मा भने त्यसरी उठेको राजश्व रु १८ लाख ८२ हजार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका इञ्चार्ज अम्बर थापाले जानकारी दिए।

जिल्लामा खुल्दै गरेका नयाँ सडक र बजार विस्तारसँगै सवारीसाधनको सङ्ख्यामा समेत वृद्धि भए पनि ट्राफिक प्रहरी जनशक्ति भने निकै कम रहेको छ । जिल्लाभरको लागि १० जना ट्राफिक प्रहरीले काम गरिरहेका छन् । थोरै जनशक्तिको भरमा काम गर्नुपर्ने बाध्यता रहेको इञ्चार्ज थापाको भनाइ छ ।

सदरमुकाम लिवाङ, होलेरी, सुलिचौर र घर्तीगाउँमा अस्थायी पोष्ट राखेर सेवा दिइरहेका छौं थापाले भने । सवारी चालकलाई सचेतीकरण, अन्तरक्रिया तथा पर्चा पोष्टर वितरणले अघिल्लो वर्षको तुलनामा कारवाही पर्नेको सङ्ख्या कम भएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ११ : २० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका