दुई किशोरी सम्पर्कविहीन | Khabarhub Khabarhub

दुई किशोरी सम्पर्कविहीन


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्पर्कविहीन रहेका छन् । सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि घरबाटै सम्पर्कविहीन भएका हुन् ।

लक्षुका काफ्ले भने रातो गौ गोरो अनुहार कि दाहिने आँखामुनि खत भएकी रातो कुर्ता सुरुवाल लगाएकी कोट माविमा कक्षा ८ मा अध्ययन गर्ने र सिमकोट गाउँपालिका–७ कि पाँप्लाथुङका सङ्गीता शाही सोही विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने र रातोगोरो अनुहारकी मोटी शरीर भएकी १५ गते दिउँसो घरबाट हराएकी लक्षुका बुबाले जानकारी दिए ।

साथै दुवै किशोरीका आमाबुबाले छोरी हराएको भन्दै खोजी गरी दिनका लागि जिल्ला प्रहरी कार्यालयमा आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाले भेटाउनु हुनेले नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय हुम्लाको १०० मा सम्पर्क गर्नुहुन आग्रह गरेको छ ।

घरबाट निस्किएको ३ दिन बितिसक्यो अहिलेसम्म सम्पर्कमा नआएको लक्षुका बुबा काफ्लेले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ११ : ५३ बजे

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर

बझाङमा १५ प्रतिशत मतदान

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत