प्रधानमन्त्री ओली आज सिङ्गापुर जाँदै | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली आज सिङ्गापुर जाँदै


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) सिङ्गापुर जाँदैछन् । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली आज राति सिङ्गापुर जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी हस्पिटलमा उपचार गराउनु हुनेछ । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहनु भएको छ । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत जानु हुने प्रेस सल्लाहकार अर्यालले जानकारी दिए। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर एक सातापछि स्वदेश फर्कनु हुने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  १ : ३५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका