आइएमइबाट निकालेको २ लाख लुटेर फरार तिमिल्सिना १० महिनापछि समातिए « Khabarhub

आइएमइबाट निकालेको २ लाख लुटेर फरार तिमिल्सिना १० महिनापछि समातिए


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– आइएमइबाट रकम झिकेर घर फर्कँदै गरेकी एक महिलाको साथबाट रु दुई लाखसहित लुटेर फरार रहेका लुटेरालाई लागुऔषधसहित शनिवार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सिन्धुलाल्चोक राम्चे–७ घर भई हाल काठमाडौँको थानकोट बस्ने २९ वर्षीय पदम तिमिल्सिनालाई मध्यपुरथिमि–१ लोकन्थली, नरेफाँटबाट लागुऔषध डाईजापम, नोफिन र फेनारगन छ सेट तथा मोबाइल चार थानसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

विसं २०७५ असोज २४ गते सल्लाघारीमा रहेको एक आइएमइबाट रु दुई लाख निकाली निकोसेरातर्फ आउँदै गरेकी जया कोइरालाको साथबाट चाँगुनारायण नपा–२ दुवाकोटको हनुमन्ते पुल पारगर्ने क्रममा उक्त रकम र मोबाइलसहित लुटपाट गरी फरार रहेका तिमिल्सिनालाई लागुऔषधसहित पक्राउ गरेको उनले बताए ।

उक्त रकम लुटपाटमा संलग्न रहेका तीन जनामघ्ये तिमिल्सिना मुख्य रहेका र अन्य दुईजना सुजन तामाङ र पविन तामाङ यसअघि नै पक्राउ परी जेलमा रहेका प्रनाउ कोइरालाले जानकारी दिए । पक्राउ परेका अभियुक्त तिमिल्सिना लागुऔषध, पाकेटमारी, कुटपिट, ठगीमासमेत संलग्न रहेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ३ : २४ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार