आइएमइबाट निकालेको २ लाख लुटेर फरार तिमिल्सिना १० महिनापछि समातिए « Khabarhub

आइएमइबाट निकालेको २ लाख लुटेर फरार तिमिल्सिना १० महिनापछि समातिए


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– आइएमइबाट रकम झिकेर घर फर्कँदै गरेकी एक महिलाको साथबाट रु दुई लाखसहित लुटेर फरार रहेका लुटेरालाई लागुऔषधसहित शनिवार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सिन्धुलाल्चोक राम्चे–७ घर भई हाल काठमाडौँको थानकोट बस्ने २९ वर्षीय पदम तिमिल्सिनालाई मध्यपुरथिमि–१ लोकन्थली, नरेफाँटबाट लागुऔषध डाईजापम, नोफिन र फेनारगन छ सेट तथा मोबाइल चार थानसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

विसं २०७५ असोज २४ गते सल्लाघारीमा रहेको एक आइएमइबाट रु दुई लाख निकाली निकोसेरातर्फ आउँदै गरेकी जया कोइरालाको साथबाट चाँगुनारायण नपा–२ दुवाकोटको हनुमन्ते पुल पारगर्ने क्रममा उक्त रकम र मोबाइलसहित लुटपाट गरी फरार रहेका तिमिल्सिनालाई लागुऔषधसहित पक्राउ गरेको उनले बताए ।

उक्त रकम लुटपाटमा संलग्न रहेका तीन जनामघ्ये तिमिल्सिना मुख्य रहेका र अन्य दुईजना सुजन तामाङ र पविन तामाङ यसअघि नै पक्राउ परी जेलमा रहेका प्रनाउ कोइरालाले जानकारी दिए । पक्राउ परेका अभियुक्त तिमिल्सिना लागुऔषध, पाकेटमारी, कुटपिट, ठगीमासमेत संलग्न रहेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ३ : २४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल