मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्छ– नेता खनाल « Khabarhub

मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्छ– नेता खनाल


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध नेपालको सपना पूरा गर्नका लागि मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

नेपाली वामपन्थी आन्दोलनका कर्मठ योद्धा एवं कुशल सङ्गठक जीवराज आश्रितको ७५औँ जन्मजयन्तीको सन्दर्भमा जीवराज आश्रित फाउण्डेशनद्वारा आयोजित कार्यक्रमा उनले अबको विकास आर्थिक विकास भएको भन्दै तीनखम्बे अर्थनीतिलाई अवलम्बन गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

नेता खनालले भने “जीवराज आश्रितका लोकतन्त्रलगायतका न्यूनतम सपना पूरा भएका भएका छन्, तर समाजवादी सपना अझै पूरा हुनसकेको छैन, अबको नयाँपुस्ताले त्यो सपना गर्नुपर्ने छ ।”

नेकपाका सचिवालय सदस्य वामदेव गौतमले आश्रितलाई साहित्यकार, राजनीतिज्ञ, सिद्धान्तकार र कुशल सङ्गठकको रुपमा चिन्न सकिने बताए । नेकपाका नेता युवराज ज्ञवालीले “हिजोको सङ्घर्ष राजतन्त्र हटाएर लोकतन्त्र ल्याउनु थियो, तर आजको संघर्ष फरक छ, आज जनताको अपेक्षा पूरा गर्नु छ, विकास गर्नुछ, त्यसैले फरक तरिकाले काम गर्नुपर्ने छ” ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आम जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरिरहेको सन्दर्भमा पार्टीका कुनै पनि नेतालाई असफल हुने छुट नभएको बताए । पूर्वमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ९ : ५८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको