अर्जेन्टिनी फरवार्ड इकार्डी पीएसजी जाने « Khabarhub

अर्जेन्टिनी फरवार्ड इकार्डी पीएसजी जाने


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालियन क्लब इन्टर मिलानका पूर्व कप्तान माउरो इकार्डी फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन् ।

इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले पदभार लिएसँगै इकार्डी आफ्नो योजनामा नरहेको बताउँदै आएका थिए । इन्टरले पनि उनलाई अन्यत्र क्लबमा आफ्नो भविष्य खोज्न भनेको थियो । तर इकार्डी र उनकी एजेन्ट तथा पत्नी वान्डा नाराले भने कुनै हालतमा क्लब नछाड्ने बताएका थिए ।

ट्रान्सफर विन्डोको अन्त्य नजिकिंदै गर्दा पनि प्रशिक्षक कोन्टेले निर्णय परिवर्तन नगरेपछि इकार्डी क्लब छाड्न तयार भएका हुन् । इन्टरले पीएसजीको एक सिजन लोन र त्यसपछि खरिद गर्न सक्ने विकल्पसहितको प्रस्ताव स्वीकार गरेको छ ।

पीएसजीमा हाल मुख्य फरवार्डद्वय किलीयन एमबाप्पे र एडिन्सन काभानी घाइते छन् । अर्का सुपरस्टार नेयमार पनि च्याम्पियन्स लिगका सुरुवाती खेलका लागि उपलब्ध छैनन् ।

इन्टरका लागि मैदानमा राम्रो प्रदर्शन गरेपनि अनुशासन उल्लंघन गरेका कारण इकार्डी क्लबसँग राम्रो सम्बन्धमा छैनन् । गत सिजन इन्टरले उनलाई कप्तानी पदबाट बर्खास्त गरेको थियो । उनको अझैपनि क्लबसँग २ वर्ष सम्झौता बाँकी रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : ०० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले