ओपन टेनिसबाट बाहिरिन साविक विजेता नओमी | Khabarhub Khabarhub

ओपन टेनिसबाट बाहिरिन साविक विजेता नओमी


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साविक विजेता नओमी ओसाका युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छिन् । अन्तिम १६ को खेलमा स्विटजरल्याण्डकी बेलिन्डा बेन्सिससंग ७–५ र ६–४ को सेटमा पराजित हुदै ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

हारसंगै २१ बर्षिया ओसाकाको विश्व नम्बर एक वरियता समेत खोसिएको छ । अष्ट्रेलियाकी एसलिघ बार्टी महिला टेनिस वरियताको शीर्ष स्थानमा पुगेकी छिन् ।

ओसाकालाई हराएकी १३ औ वरियताकी बेनकिकले अब क्वार्टरफाईनलमा डोना वेककसंग खेल्नेछिन् ।

‘म कोर्टमा आउनका लागि निकै उत्साहित थिए । चुनौती ठुलो नहुन सक्थ्यो । नाओमी एक महान खेलाडी हुन र पछिल्लो बर्ष उनले युएस ओपन जितेकी थिईन् ।’ बेन्सिसले भनिन्, ‘मलाई खेलको शीर्ष स्थानमा रहनु थियो । र म वास्तवमा खुसी छु । कि मैले कसरी खेलेको छु ।’

‘उनीसंग निकै ठुुलो शक्ति छ । मैले चेस जसरी खेल्ने प्रयास गरे । दाबेदारिता दिन कोर्टमा एक रणनीति बनाउन कोशिश गरिरहेको थिए ।’ उनले भनिन् ।

ओसाकाले पछिल्लो बर्ष सेरेना विलियम्सलाई हराउँदे युएस ओपन टेनिसको उपाधि जिततेकी थिईन् । उनी बेन्सिसविरुद्वको खेलमा चोटका कारण निर्क संघर्ष गरिरहेकी देखिन्थिन् ।

‘मेरो लागि, अहिले मलाई निकै दुखको अनुभुती भईरहेको छ । तर मलाई यो पनि लागिरहेको छ, प्रतियोगिताको दौरान मैले धेरै कुरा सिकेको छु,’ ओसाकाले भनिन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ६ : ४५ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण