आन्तरिक उत्पादनलाई जोड दिन जङ्कफुड’मा प्रतिबन्ध « Khabarhub

आन्तरिक उत्पादनलाई जोड दिन जङ्कफुड’मा प्रतिबन्ध


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- बाह्य तरकारीलाई प्रतिबन्द गर्दै आन्तरिक उत्पादनमा जोड दिने महाकुलुङ गाउँपालिकाको योजनाप्रति स्थानीयवासी सकरात्मक देखिएका छन् । गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिने योजना बनाएसँगै यहाँका स्थानीयवासीले समेत अनुशरण गरेका हुन् ।

सोही गाउँपालिका वडा नं ४ र ५ का स्थानीयवासीले विद्यालय क्षेत्रभित्र ‘जङ्कफुड’लाई प्रतिबन्ध गर्ने स्वःस्फूर्त निर्णय गरेको शिक्षक तारा कुलुङले जानकारी दिए । शिक्षक कुलुङका अनुसार सोमबार आयोजित तीज विशेष कार्यक्रमका अवसरमा भेला भएका सरोकारवालाले जङ्कफुड प्रयोग नगर्ने निर्णय गरेका हुन् ।

‘विद्यालय क्षेत्रभित्र तयारी खानेकुरामा प्रतिबन्ध लगाइने भएको छ’, कुकलुङले भने, ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अग्र्यानिक खानेकुरालाई प्रवद्र्धन गर्न हामी एकमत भएका हौं ।’ वडाका महिला जनप्रतिनिधि, आमा समूह र महिला स्वाथ्य स्वयंसेविकाको उपस्थिति रहेको भेलाले गरेको निर्णय महत्वपूर्ण भएको स्थानीयवासीको भनाइ छ । बजारमा पाइने तयारी खानेकुराले स्वास्थ्यमा असर पार्ने बुझेपछि स्थानीय उत्पादनलाई जोड दिइने स्थानीयवासी बताउँछन् ।

विभिन्न परियोजनाले अग्र्यानिक खानेकुरासम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालनको प्रभावले पनि विद्यालयमा जङ्कफुड प्रयोग नगर्ने निर्णयमा पुग्न सहज भएको महिला स्वास्थ्य स्वयंसेविका रमिता कुलुङले बताइन । बालबालिकाको स्वास्थ्यमा नकरात्मक असर पार्न सक्ने भन्दै तत्कालैदेखि वडा नं ४ मा रहेको गुदेल माध्यमिक विद्यालयमा तयारी खानेकुरामाथि प्रतिबन्ध लगाइएको कुलुङको भनाइ छ । उनका अनुसार यो अभियानलाई सबैतिर लागू गरिनेछ ।

हरेक बारमा फरक खाजा

जङ्कफुडको विकल्पसहित बारअनुसारको विद्यार्थीलाई खाजासमेत निर्धारण गरिएको छ । निर्णयानुसार विद्यार्थीका लागि आइतबार भुटेको भात, सोमबार आलु, मङ्गलबार भुटेको मकै, बुधबार गहुँको रोटी, बिहीबार कोदोको हलुवा र शुक्रबार आलु–पिँडालुलगायत कन्दमुल खाजाका रुपमा प्रयोग गर्नुपर्नेछ ।

गाउँपालिका क्षेत्र कृषिमा आत्मनिर्भर बन्नका लागि सम्भाव्यता अध्ययन भइरहेको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए । किरातीले भने, ‘कुन क्षेत्रमा कुन समयमा आत्मनिर्भर बन्न सक्छौँ, सोहीअनुसार बाह्य आयतलाई हामी रोक्दै जान्छौँ ।’ सोही गाउँपालिकाभित्र काम गर्ने गैरसरकारी संस्था जिफाउण्डेशनसँगको सहकार्यमा गाउँपालिकाले विभिन्न योजना निर्माण गरी समृद्ध गाउँपालिका निर्माणको अभियानलाई अगाडि बढाउने योजना बनाएको बताइन्छ ।

जिल्लाको निकै दुर्गम मानिने उक्त गाउँपालिकामा साविक तीन गाविस मिलाएर पाँच वडा कायम गरिएको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रले समेत छोएको सो गाउँपालिका कृषिसँगै पर्यटनमा समेत उत्तिकै सम्भावना बोकेको छ । त्यस क्षेत्रमा विशेषगरी अलैँची, किबी, चिराइतोलगायतको खेती गर्न सकिन्छ भने यसैलाई जोडेर पर्यटन प्रवद्र्धनको सम्भावना भएको पर्यटन व्यवसायी लिकराम कुलुङले बताए । ‘यस गाउँपालिकाभित्र पाँचपोखरी, साल्पापोखरीलगायतका धार्मिक मान्यतासहितको तालतलैयासहित हिमालसमेत छ’, उनले भने, ‘गाउँपालिकाभित्रको हिमाल, ताल, जडीबुटी र कृषिलाई व्यवस्थित बनाउने हो भने अरु केही गर्नुपर्दैन ।’

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : ४४ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी