इलाममा विशेषज्ञ सेवासहित अस्पताल सञ्चालनको तयारी « Khabarhub

इलाममा विशेषज्ञ सेवासहित अस्पताल सञ्चालनको तयारी


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाममा विशेषज्ञ सेवासहितको आधुनिक अस्पताल सञ्चालनको तयारी गरिएको छ । एक मात्र सरकारी जिल्ला अस्पताल रहेको इलाममा निजी क्षेत्रबाट अस्पताल सञ्चालनको तयारी गरिएको हो । युवा व्यवसायी प्रकाश चापागाईँको पहलमा सञ्चालन हुने अस्पताल विशेषज्ञ सेवासहित आइसीयुलगायत अत्यावश्यक सेवा प्रदान गर्ने बताइएको छ ।

यस विषयमा सरोकारवालासँग छलफल गरी दर्ताका लागि पहल शुरु भएको उनले बताए । चापागाईँसहित केही चिकित्सकसहितको टोलीले केही समयअघिबाट निजी क्षेत्रबाट अस्पताल सञ्चालनका लागि पहल गर्दै आएको थियो । उनले दर्ताको काम शुरु गरिएको जानकारी दिए । चापागार्इँका अनुसार कूल लागतको ६० प्रतिशत चिकित्सकबाट र अन्य ४० प्रतिशत लगानी स्थानीयवासीबाट गरिने छ । ‘इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर’का नामबाट सञ्चालन गरिने उक्त अस्पताल आगामी फागुन महिनाबाट शुरु गरिने बताइएको छ ।

अस्पताल सञ्चालनका लागि जिल्ला समन्वय समितिको निर्माणाधीन भवन भाडामा लिइने बताइएको छ । प्रबन्ध सञ्चालक चापागाइँले स्थानीयवासीलाई लगानी गर्नसमेत आग्रह गरे । जिल्ला अस्पतालमा सामान्यभन्दा सामान्य उपचारमा पनि समस्या हुँदै आएको छ । सामान्य ज्वरो आउँदा पनि झापा र भारतका विभिन्न क्षेत्रमा उपचारमा जानुपर्ने बाध्यता हट्ने भन्दै स्थानीयवासीले पनि सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।

जिल्ला अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नबस्ने, बसे पनि अत्याधुनिक सेवा नभएकाले जिल्लावासीलाई समस्या भएको छ । सदरमुकाममा रहेको एक मात्र सामुदायिक अस्पताल पनि बन्द भएपछि समस्या उत्पन्न भएको छ । राम्रो र गुणस्तरीय सेवा दिनसके यहाँ खुल्ने अस्पतालमा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका स्थानबाट समेत बिरामी आउने बताइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ९ : ५२ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा