इलाममा विशेषज्ञ सेवासहित अस्पताल सञ्चालनको तयारी « Khabarhub

इलाममा विशेषज्ञ सेवासहित अस्पताल सञ्चालनको तयारी


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाममा विशेषज्ञ सेवासहितको आधुनिक अस्पताल सञ्चालनको तयारी गरिएको छ । एक मात्र सरकारी जिल्ला अस्पताल रहेको इलाममा निजी क्षेत्रबाट अस्पताल सञ्चालनको तयारी गरिएको हो । युवा व्यवसायी प्रकाश चापागाईँको पहलमा सञ्चालन हुने अस्पताल विशेषज्ञ सेवासहित आइसीयुलगायत अत्यावश्यक सेवा प्रदान गर्ने बताइएको छ ।

यस विषयमा सरोकारवालासँग छलफल गरी दर्ताका लागि पहल शुरु भएको उनले बताए । चापागाईँसहित केही चिकित्सकसहितको टोलीले केही समयअघिबाट निजी क्षेत्रबाट अस्पताल सञ्चालनका लागि पहल गर्दै आएको थियो । उनले दर्ताको काम शुरु गरिएको जानकारी दिए । चापागार्इँका अनुसार कूल लागतको ६० प्रतिशत चिकित्सकबाट र अन्य ४० प्रतिशत लगानी स्थानीयवासीबाट गरिने छ । ‘इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर’का नामबाट सञ्चालन गरिने उक्त अस्पताल आगामी फागुन महिनाबाट शुरु गरिने बताइएको छ ।

अस्पताल सञ्चालनका लागि जिल्ला समन्वय समितिको निर्माणाधीन भवन भाडामा लिइने बताइएको छ । प्रबन्ध सञ्चालक चापागाइँले स्थानीयवासीलाई लगानी गर्नसमेत आग्रह गरे । जिल्ला अस्पतालमा सामान्यभन्दा सामान्य उपचारमा पनि समस्या हुँदै आएको छ । सामान्य ज्वरो आउँदा पनि झापा र भारतका विभिन्न क्षेत्रमा उपचारमा जानुपर्ने बाध्यता हट्ने भन्दै स्थानीयवासीले पनि सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।

जिल्ला अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नबस्ने, बसे पनि अत्याधुनिक सेवा नभएकाले जिल्लावासीलाई समस्या भएको छ । सदरमुकाममा रहेको एक मात्र सामुदायिक अस्पताल पनि बन्द भएपछि समस्या उत्पन्न भएको छ । राम्रो र गुणस्तरीय सेवा दिनसके यहाँ खुल्ने अस्पतालमा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका स्थानबाट समेत बिरामी आउने बताइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ९ : ५२ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत