उपकप्तान मल्लले ओमानमा हुने टी–२० श्रृङ्खला नखेल्ने « Khabarhub

उपकप्तान मल्लले ओमानमा हुने टी–२० श्रृङ्खला नखेल्ने


१७ भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी अक्टोबरमा ओमानमा हुने टी–२० क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल सहभागी नहुने भएका छन् ।

उपकप्तान मल्लले पारिवारीक कारण देखाउँदै ओमानले आयोजना गर्न लागेको टी– २०0 प्रतियोगितामा आफू सहभागी हुन नसक्ने बताएका हुन् ।

नेपाली टोली अहिले काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा व्यस्त छ । सागको अभ्यासमा रहेको नेपाली टोलीले साग अगाडि ओमानमा टी–२० शृङ्खला खेल्ने तालिका रहेको छ ।

तर, उक्त शृङ्खलामा उपकप्तान मल्ल सहभागी नहुने राष्ट्रिय टोलीका मिडिया म्यानेजर सुरज शाक्यले बताए ।

‘अहिले टोली सागको अभ्यासमा व्यस्त छ । तर, ओमानमा हुने खेलमा ज्ञानेन्द्र मल्लले सहभागी हुन नसक्ने बताउनुभएको छ,’ शाक्यले भने, ‘उपकप्तान मल्लले पारिवारीक कारण देखाउँदै शृङ्खलामा सहभागी हुन नसक्ने भन्नुभएको छ ।’

प्रतियोगिता असोज १८ देखि २३ सम्म हुनेछ । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै, दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

प्रकाशित मिति : १७ भदौ २०७६, मंगलबार  ११ : ३७ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया