यी हिरोको गाडीसँग ठोक्किएर फिल्म स्टार बनेका थिए शक्ति कपूर | Khabarhub Khabarhub

यी हिरोको गाडीसँग ठोक्किएर फिल्म स्टार बनेका थिए शक्ति कपूर


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा धेरैजसो कमेडी फिल्ममा देखिने शक्ति कपूरले ७ सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । अहिले पनि उनी फिल्ममा उत्तिकै सक्रिय छन् ।

आफ्नो बलिउड करिअरमा शक्ति कपूर भने एक हिरोको गाडीसँग ठोक्किन पुग्दा कलाकार बनेका थिए । उनी त्यतिबेलाका चर्चित अभिनेता फिरोज खानको गाडीसँग ठोक्किएका थिए । त्यही दिनदेखि शक्तिको जीवन पूरै फेरियो ।

शक्ति कपूर भन्छन्, ‘मुम्बईमा मेरो कार एक मर्सिडिज कारसँग ठोक्किएको थियो, जब म बाहिर निस्किएँ त एक अग्ला र सुन्दर व्यक्तिलाई अगाडि देखेँ ।’

ती व्यक्ति अरु नभएर फिरोज खान थिए । शक्तिले यस्तो मौका के गुमाउँथे ! उनले लगत्तै आफू फिल्म इन्स्टिच्युट अफ पुणेबाट आएका हुन् र अभिनयमा पनि डिप्लोमा गरेका थिए ।

शक्तिले त्यतिबेला फिरोजसँग एक रोल दिन पनि अनुरोध गरेका थिए । तर, फिरोज आफ्नो बाटो लागे ।

त्यसपछि शक्ति एक साथीसँग मिलेर फिरोजको घर गए । शक्ति आफ्ना साथी शुक्लासँग पुगेका थिए । शुक्लाले त्यतिबेला फिरोजसँग फिल्म ‘कुर्बानी’ मा काम गरिरहेका थिए ।

शक्तिले भने, ‘त्यहाँ मेरो साथीले फिरोज खानसँग एक भूमिकाका लागि अनुरोध गरिदिए ।’

साथीको कुरा सुनेर फिरोज एक्साइटेड भए । किनकि शुक्लाले कारमा ठक्कर खाएको घटना पनि सुनाएका थिए । त्यसपछि फिरोज खानले फोन लगाए । र, ‘कुर्बानी’ का लागि शक्तिले विक्रमको रोल पाए ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ११ : ५१ बजे

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने