यी हिरोको गाडीसँग ठोक्किएर फिल्म स्टार बनेका थिए शक्ति कपूर « Khabarhub

यी हिरोको गाडीसँग ठोक्किएर फिल्म स्टार बनेका थिए शक्ति कपूर


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा धेरैजसो कमेडी फिल्ममा देखिने शक्ति कपूरले ७ सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । अहिले पनि उनी फिल्ममा उत्तिकै सक्रिय छन् ।

आफ्नो बलिउड करिअरमा शक्ति कपूर भने एक हिरोको गाडीसँग ठोक्किन पुग्दा कलाकार बनेका थिए । उनी त्यतिबेलाका चर्चित अभिनेता फिरोज खानको गाडीसँग ठोक्किएका थिए । त्यही दिनदेखि शक्तिको जीवन पूरै फेरियो ।

शक्ति कपूर भन्छन्, ‘मुम्बईमा मेरो कार एक मर्सिडिज कारसँग ठोक्किएको थियो, जब म बाहिर निस्किएँ त एक अग्ला र सुन्दर व्यक्तिलाई अगाडि देखेँ ।’

ती व्यक्ति अरु नभएर फिरोज खान थिए । शक्तिले यस्तो मौका के गुमाउँथे ! उनले लगत्तै आफू फिल्म इन्स्टिच्युट अफ पुणेबाट आएका हुन् र अभिनयमा पनि डिप्लोमा गरेका थिए ।

शक्तिले त्यतिबेला फिरोजसँग एक रोल दिन पनि अनुरोध गरेका थिए । तर, फिरोज आफ्नो बाटो लागे ।

त्यसपछि शक्ति एक साथीसँग मिलेर फिरोजको घर गए । शक्ति आफ्ना साथी शुक्लासँग पुगेका थिए । शुक्लाले त्यतिबेला फिरोजसँग फिल्म ‘कुर्बानी’ मा काम गरिरहेका थिए ।

शक्तिले भने, ‘त्यहाँ मेरो साथीले फिरोज खानसँग एक भूमिकाका लागि अनुरोध गरिदिए ।’

साथीको कुरा सुनेर फिरोज एक्साइटेड भए । किनकि शुक्लाले कारमा ठक्कर खाएको घटना पनि सुनाएका थिए । त्यसपछि फिरोज खानले फोन लगाए । र, ‘कुर्बानी’ का लागि शक्तिले विक्रमको रोल पाए ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ११ : ५१ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र