पढ्न मन लाग्दैन ? अपनाउनुहोस् यी ७ उपाय « Khabarhub

पढ्न मन लाग्दैन ? अपनाउनुहोस् यी ७ उपाय


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हामी अधिकाशंलाई पढ्न मन लाग्दैन । पढ्नु पर्‍यो भने दिक्क लाग्छ, हाई आउँछ र पढेर बस्न सकिँदैन । किताबका पानामा भएका अक्ष्ँर पढ्नु पर्‍यो भने धेरैजसो निदाउने गर्दछन् । यसरी पढ्न मन नलाग्नुका पछाडिका धेरै कारण मध्ये, एक कारण वास्तुको दोष समेत हो । तर पढ्न मन लाग्नुको सबै कारण भने यो होइन । तर, यदि विद्यालयको कक्ष्ाँ कोठा, घरको पढ्ने कोठाको वास्तु मिलेको छैन भने पढाईमा मन जाँदैन ।

– वास्तुशास्त्रका अनुसार विद्यार्थीले पूर्व, उत्तर र ईशान दिशामा फर्केर पढ्नु उत्तम हुनेछ । यी दिशालाई वास्तुले ज्ञानवर्धक दिशा मान्दछ । पूर्व र उत्तर दिशा फर्केर पढ्नु विद्यार्थी वर्गका लागि अति नै लाभदायक मानिन्छ ।

– यदि कारणवश पढ्ने कोठा घरको पश्चिम दिशामा छ भने त्यहि कोठामा पनि पूर्व, उत्तर र इशान दिशामा फर्केर पढ्न सकिन्छ ।

– विज्ञानका अनुसार मानव शरीर र वातावरणका लागि अत्यन्त लाभदायी मानिने इन्फ्रारेड किरणहरू उत्तरपूर्वी कोणबाट आउने भएकाले यसबाट विद्यार्थीलाई सकारात्मक असर पर्छ । यी किरणले शरीरका कोषिकालाई शक्ति दिने र ध्यान एकाग्र बनाउने गर्दछ ।

– पढ्ने विद्यार्थीले कहिल्यै पनि कोठाको ढोकातर्फ ढाड फर्काएर पढ्नु हुँदैन । यसो गर्दा ढोकाबाट आउने प्रकाश र हावालाई पढ्ने मानिस आफैंले छेक्ने गर्दछ ।

– विद्यार्थीले पढ्न बस्दा कोठाको बीम मुनि बसरे पढ्नु हुँदैन, यसले पढाईमा मन नलाग्नुका साथै मानसिक रुपमा तनाव बढ्ने गर्दछ ।

– पढ्ने विद्यार्थीले आफ्नो सिरानी दक्षिण वा पश्चिमतर्फ राख्नुपर्दछ । दक्षिणतर्फ सिरानी पारेर सुत्दा विद्यार्थीको स्वास्थ्य राम्रो हुन्छ भने पश्चिमतर्फ सुत्दा पढाईमा मन लाग्ने गर्दछ ।

– पढ्ने कोठामा किताब राख्ने र्‍याकहरु दक्षिण वा पश्चिम दिशामा राख्नु उत्तम हुन्छ । साथै पढ्ने कोठामा पुस्तकहरु भएको र्‍याक खुल्ला राख्नु हुँदैन । यसले नकारात्मक ऊर्जा दिन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १ : ०९ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा