जापान नर्सिङ कियरगिभरमा जान ‘एन फोर’ पास अनिवार्य « Khabarhub

जापान नर्सिङ कियरगिभरमा जान ‘एन फोर’ पास अनिवार्य


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगारीका लागि जापान नसिर्ङ कियरगिभरमा जानका लागि ‘एन फोर’ अनिवार्य उत्र्तीण गर्नुपर्ने भएको छ । जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नेपालमा आगामी अक्टोबर र नोभेम्बर महिनामा नसिर्ङ कियरगिभरका लागि भाषा परीक्षा लिने भएको छ । नसिङ कियरगिभरको योग्यता भने तोकिएको छैन । भाषा परीक्षामा सामेल हुन मात्र आह्वान गरिएको छ ।

नर्सिङ केयर गिभरमा जान चाहनेले जापानी भाषा एन फोर अनिवार्य पास गर्नुपर्ने भएको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नेपालमा गरिने भाषा परीक्षाको तालिका सार्वजनिक गरेको छ । पहिलो चरणमा एक हजार जनाको मात्र आवदेन लिनेछ । आवेदन ने्पालमा रहेको जापानी राजदूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट टोकनमार्फत लिनुपर्ने छ ।

जापनिज भााषा तथा सिप परीक्षाका लागि अक्टोबर २७ देखि २९ (कार्तिक १० देखि १२), नोभेम्बर ५ देखि ७ (कार्तिक ९ देखि १९) तथा नोभेम्बरकै १२ देखि १४ (कार्तिक २६ देखि २८) सम्म मिति तोकिएको छ ।

भाषा परीक्षा कम्प्युटर प्रणालीमार्फत हुनेछ । सीप परीक्षा ६० मिनेट लामो निधारण गरिएको छ । जसमा ४५ वटा प्रश्नको उक्त दिनुपर्ने छ । ४० लिखित र व्यवहारिक ५ प्रश्नको सोधिने छ । भाषा परीक्षा ३० मिनेटमा १५ वटा प्रश्नहरु सोधिने छन् । भाषा र सीप परीक्षाका लागि ४ हजार ५ सय जापानी येन तिर्नुपर्ने छ ।

परीक्षा दिएका एक दिनपछि नतिजा परिक्षार्थीले थाहा पाउने छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १ : ०९ बजे

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य