धारिलो हतियार प्रहार गरी स्याङ्जामा बाबु–छोराको हत्या « Khabarhub

धारिलो हतियार प्रहार गरी स्याङ्जामा बाबु–छोराको हत्या


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको हरिनाथ गाउँपालिकामा मंगलबार विहान एकै परिवारका २ जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार हरिनाथ गाउँपालिका–३ ललइमा धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या भएको हो ।

प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा ललइका ३० वर्षीय भीमबहादुर खड्का र उनका ४ वर्षीय छोरा रिजन खड्काको हत्या भएको हो ।

बाबु–छोराको हत्या भएको ठाउँमा प्रहरी टोली परिचालन भएको जनाइएको छ ।

धारिलो प्रहार गरेर बाबु–छोराको हत्या भएको विषय जानकारीमा आएपनि हत्यारा भने पत्ता लागिनसकेको प्रहरीको भनाइ छ ।

हत्याराको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १ : ४७ बजे

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक