आयो साम्राज्ञी र अंकितको ‘रातो टीका निधारमा’ ट्रेलर (भिडियो) « Khabarhub

आयो साम्राज्ञी र अंकितको ‘रातो टीका निधारमा’ ट्रेलर (भिडियो)


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । हलमा केही दिनअघिदेखि नै प्रसारण भएको यो ट्रेलर युट्युबमार्फत मंगलबार सार्वजनिक गरिएको हो ।

ट्रेलरमा अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका देख्न सकिन्छ । ट्रेलर अनुसार साम्राज्ञीले गाउँमै केही गर्न सकिन्छ भन्दै युवालाई चेतना जगाउन खोजेको देखाइएको छ भने अकिंतले गाउँमा भएका युवालाई फ्री भिसा फ्री टिकट भन्दै विदेश पठाएको देखाइएको छ ।

दशैँको रौनक झल्किने फिल्मको ट्रेलरमा बुद्धि तामाङ, बसुन्धरा भुसाल, नीता ढुंगाना, रविन्द्र झा, लक्ष्मी गिरी, अरुणा कार्की लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

फिल्ममा अशोक शर्माको लेखन तथा निर्देशन रहेको छ भने किरण शर्मा र कृति शर्माको लगानी रहेको छ ।

यस्तै चलचित्रमा मित्र डी गुरुङको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । यस्तै फिल्ममा खुश्बु खड्का, कमला रेग्मी, जयनन्द लामा, राजाराम पौडेल लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ३ : ०५ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने