पुबुदु दशानायके नयाँ भूमिकामा फेरी नेपाल आउँदै « Khabarhub

पुबुदु दशानायके नयाँ भूमिकामा फेरी नेपाल आउँदै


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार वर्ष अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा सफल बनेका पुबुदु दशानायके पुन: नेपाल आउने भएका छन् ।

तर यसपाली उनले राष्ट्रिय टोली नभई नेपालका व्यवसायिक टी-२० क्रिकेट एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने भैरहवा ग्लाडियटर्स टोलीलाई प्रशिक्षण दिनेछन् । भैरहवा ग्लाडियटर्सका मालिक आदित्य साँघाईले दशानायकेलाई लामो समयका लागि अनुबन्ध गरेको बताएका छन् ।

भर्खरै मात्र उमेश पटवाल एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएकोले दशानायकेलाई तत्काल राष्ट्रिय टोलीमा फर्किने ठाउँ छैन । नेपाललाई आफ्नो दोस्रो घर बताउने दशानायकेले नयाँ भूमिकामा आफू उत्साहित भएको बताएका छन् ।

उनले भनेका छन्, “नेपाल सधैँ मेरो मुटु नजिक छ । म जुनसुकै भूमिकामा पनि नेपाली क्रिकेटमा सहयोग गर्न चाहन्छु।” इपीएलको सन् २०१७ र सन् २०१८ को संस्करणमा फाइनल पुगेर पनि पराजित भएको भैरहवाले दशानायकेलाई छोटो अवधि नभई लामो अवधिका लागि हेर्ने जिम्मा दिन खोजिएको छ ।

भैरहवा ग्लाडियर्सका कप्तान शरद भेषावकरले दशानायकेको आगमनले छुट्टै रोमाञ्च दिएको प्रतिक्रिया दिएका छन् । “हामी लगातार दुई वर्ष फाइनलमा पुगेर रोकियौँ। अब च्याम्पियन बन्ने विश्वास छ । ”

इपीएलको नयाँ संस्करण आगामी फेब्रुअरीबाट शुरू हुनेछ। प्रतियोगिता शुरू हुनु एक महिना अगाडि उनी नेपाल आइपुग्नेछन् । उनको पारिश्रमिक भने खुलाइएको छैन ।

श्रीलङ्कामा जन्मेका क्यानडाली नागरिक ४९ वर्षीय दशानायके सन् २०११ देखि चार वर्ष नेपालको प्रशिक्षक थिए । सन् २०११ मा क्यानडालाई विश्वकपसम्म पुर्‍याएका उनको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट ऐतिहासिक उपलब्धिहरू प्राप्त गरेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ५ : ३३ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान