सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर, ३ सय बढी लाभान्वित « Khabarhub

सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर, ३ सय बढी लाभान्वित


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नेपाली सेनाको श्री जगदल गणले स्थानीय सहीद गंगालाल प्रगति क्लवसँग सहकार्य गरेर मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित शोभाभगवती मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

सो स्वास्थ्य शिविरमा जेनेरल ओपीडी, रगत तथा सुगर परीक्षण र आँखा तथा दाँतको परीक्षण गरिएको थियो । सो स्वास्थ्य परीक्षणबाट ३ सय जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएको नेपाली सेनाले जनाएको छ ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेपाली सेनाका सहायक रथी प्रयोग जबराले नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउन निःशुल्क स्वास्थ्य शिविर संचालनको कामलाई निरन्तरता दिइएको स्पष्ट पारे । उनले सो सेवाबाट स्थानीय दर्शनार्थीहरु बढि लाभान्वित हुने विश्वास पनि व्यक्त गरे ।

उनले सो गणले काठमाडौंको थानकोट, मातातीर्थ, कीर्तिपुर, भीमढुंगामा पनि वातावरणीय संरक्षणका लागि वृक्षारोपणलगायतका काम गरिएको पनि स्मरण गराए । सो गणले सोही मन्दिर परिसरमा स्थानीयको सहयोगमा स्वास्थ्य चौकीको पनि स्थापना गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ५ : ३७ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा