दोस्रो चरणको राष्ट्रिय जागरण अभियान थाल्दै कांग्रेस | Khabarhub Khabarhub

दोस्रो चरणको राष्ट्रिय जागरण अभियान थाल्दै कांग्रेस


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय लिने र बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलनमार्फत् सो कार्यक्रमको घोषणा गर्ने जानकारी दिएका हुन्।

मंगलबार जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको म्याद सकिएका केन्द्रीय भातृ संगठनहरूको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने विषयमा पनि छलफल जारी छ। त्यसैगरी विदेशस्थित ३५ वटा जनसम्पर्क समितिहरूको पनि म्याद थप गर्ने विषयमा पनि केन्द्रीय कार्यसमितिले आजै टुंगो लगाउने कांग्रेसले जनाएको छ।

प्रवक्ता शर्माले पार्टी केन्द्रीय कार्यसमितिको बैठक आजै सकिने र भोलि अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको निर्णय सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको पनि बताए। कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टीको विधान लगायतका १४ बुँदे एजेन्डामाथि छलफल तय गरेको थियो।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ५ : ५७ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।