ग्यास सिलिण्डरभित्र लागुऔषध ल्याउने एक पक्राउ « Khabarhub

ग्यास सिलिण्डरभित्र लागुऔषध ल्याउने एक पक्राउ


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– प्रहरीले ग्यास सिलिण्डरभित्र प्रतिबन्धित लागुऔषध हालेर ल्याएको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

भारतीय बजारबाट ग्यास सिलिण्डरभित्र लुकाएर नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । खाना पकाउने ग्यास सिलिण्डरमा प्वाल पारी लागूऔषध हालेर ल्याइरहेको अवस्थामा सप्तरीको राजविराज नगरपालिका–१६ बाट लागूऔषधसहित राजगढ गाउँपालिका–६ का ३८ वर्षीय अशोक यादवलाई पक्राउ गरेको हो ।

यादवले स १० प १३ नम्वरको मोटरसाईकलमा सिलिण्डर राखेर राजविराजतर्फ आउँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । सादा पोशाकमा खटिएका प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएको सप्तरकिा निमित्त प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले बताए ।

सिलिण्डरभित्र १ सय एमएल डाईलेक्स र १ सय ४० थान डीसीसीरप बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ६ : ०८ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं