ग्यास सिलिण्डरभित्र लागुऔषध ल्याउने एक पक्राउ « Khabarhub

ग्यास सिलिण्डरभित्र लागुऔषध ल्याउने एक पक्राउ


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– प्रहरीले ग्यास सिलिण्डरभित्र प्रतिबन्धित लागुऔषध हालेर ल्याएको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

भारतीय बजारबाट ग्यास सिलिण्डरभित्र लुकाएर नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । खाना पकाउने ग्यास सिलिण्डरमा प्वाल पारी लागूऔषध हालेर ल्याइरहेको अवस्थामा सप्तरीको राजविराज नगरपालिका–१६ बाट लागूऔषधसहित राजगढ गाउँपालिका–६ का ३८ वर्षीय अशोक यादवलाई पक्राउ गरेको हो ।

यादवले स १० प १३ नम्वरको मोटरसाईकलमा सिलिण्डर राखेर राजविराजतर्फ आउँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । सादा पोशाकमा खटिएका प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएको सप्तरकिा निमित्त प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले बताए ।

सिलिण्डरभित्र १ सय एमएल डाईलेक्स र १ सय ४० थान डीसीसीरप बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ६ : ०८ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा