गाडी खरिदमा प्राविधिक त्रुटि र हेलचेक्र्याइँ भएको छानविन समितिको ठहर « Khabarhub

गाडी खरिदमा प्राविधिक त्रुटि र हेलचेक्र्याइँ भएको छानविन समितिको ठहर


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद् सचिवालयको ११ वटा स्कारपियो जीप खरिदका सम्बन्धमा उठेको प्रश्नबारे सांसद रामनारायण विडारी संयोजक रहेको छानबिन समितिले प्राविधिक त्रुटि र हेलचेक्र्याइँ गरिएको ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ ।

सभामुख कृष्णबहादुर महरासमक्ष मंगलबार बुझाएको प्रतिवेदनमा समितिले सवारी साधन खरिदमा प्रक्रियागत ठूलो कमजोरी र आर्थिक चलखेल भएको नदेखिए पनि प्राविधिक त्रुटि र हेलचेक्र्याइँ भएको ठहर गरेको छ ।

प्रतिवेदन बुझाएपछि संयोजक विडारीले प्रश्न उठेका गाडी सात दिनभित्र चुस्त दुरुस्त बनाइदिन, नबनाएमा फिर्ता पठाउन, फिर्ता नगरेमा आपूर्तिकर्तालाई सार्वजनिक खरिद ऐनअनुसार कारवाही गर्न सिफारिस गरेको जानकारी दिए ।

संसद् सचिवालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, आपूर्तिकर्ता र केही प्राविधिकसँगपछि छलफल गरी छानबिनका क्रममा रायसुझाव लिएको जानकारी दिँदै संयोजक विडारीले भने, “खासगरी केही गाडीको ‘बडी फिटिङ’मा लापरवाही देखिएको, ‘स्पिकर’ अर्कै गुणस्तरहीन कम्पनीको हालेको, ‘ब्रेकर’मा समस्या देखिएको, झ्यालका सिसा ‘फिटिङ’ दुरुस्त नभएको तथा पुरानो गाडी गुडाउँदाको जस्तो ठूलो आवाज आएको देखियो ।”

भएको सम्झौता, गरिएको बोलपत्र, कम्पनी छनोट, बजारभाउ अनुसारको मूल्यलाई हेर्दा प्रक्रियागत कमजोरी र आर्थिक चलखेल भएको अनुमान पनि गर्न नसकेपछि समितिले खरिद गरिएको कम्पनीका सामान राखेर मर्मत गर्न र खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न कर्मचारीलाई सचेत गराउन सुझाव दिएको हो ।

सचिवालयले खरिद गरेको ११ मध्ये तीन वटा स्कारपियोमा केही मूलभूत समस्या देखिए पनि अन्यमा भने गम्भीर नभई सामान्यमात्र रहेको समितिले जनाएको छ ।

सचिवालयले अग्नि इन कर्पोरेटेड प्रालिसँग गत असारमा एउटा स्कारपियोलाई ५६ लाख ८० हजारका दरले खरिद गरेको थियो ।

प्रतिवेदन ग्रहण गर्दै सभामुख महराले प्रक्रियागत त्रुटि नभए पनि प्राविधिक कमजोरी देखिएकाले प्रतिवेदन अध्ययन गरेर कारवाहीको प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । पन्ध्र दिनको कार्यदेश रहेको उक्त छानबिन समितिमा संसदीय समितिका सभापति विडारी, तारादेवी भट्ट, कृष्णप्रसाद दाहाल, भरतकुमार शाह र कृष्णभक्त पोखरेल रहका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : ०६ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी