टी-२० क्रिकेट वरियतामा नेपाल ११ औं स्थानमा यथावत « Khabarhub

टी-२० क्रिकेट वरियतामा नेपाल ११ औं स्थानमा यथावत


१७ भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले जारी गरेको पछिल्लो वरियतामा नेपाल यथावत रहेको छ ।

आइसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औं स्थानमा यथावत छ । नेपाल एसोसिएट राष्ट्र मध्येको वरियतामा भने शीर्ष स्थानमा रहेको छ ।

नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । जिम्बावे हाल निलम्बनमा छ । ट्वान्टी ट्वान्टीको वरियतामा पाकिस्तान शीर्ष स्थानमा छ भने इङ्गल्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, भारत चौथो तथा अष्ट्रेलिया पाँचौं स्थानमा रहेको छ ।

एकदिवसीय वरियतामा भने नेपाल १६ औं स्थानमा रहेको छ । इङ्गल्याण्ड शीर्ष, भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो, अष्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेको छ । टेष्ट वरियतामा भने भारत पहिलो र न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ भदौ २०७६, मंगलबार  ७ : २२ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र