टी-२० क्रिकेट वरियतामा नेपाल ११ औं स्थानमा यथावत « Khabarhub

टी-२० क्रिकेट वरियतामा नेपाल ११ औं स्थानमा यथावत


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले जारी गरेको पछिल्लो वरियतामा नेपाल यथावत रहेको छ ।

आइसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औं स्थानमा यथावत छ । नेपाल एसोसिएट राष्ट्र मध्येको वरियतामा भने शीर्ष स्थानमा रहेको छ ।

नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । जिम्बावे हाल निलम्बनमा छ । ट्वान्टी ट्वान्टीको वरियतामा पाकिस्तान शीर्ष स्थानमा छ भने इङ्गल्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, भारत चौथो तथा अष्ट्रेलिया पाँचौं स्थानमा रहेको छ ।

एकदिवसीय वरियतामा भने नेपाल १६ औं स्थानमा रहेको छ । इङ्गल्याण्ड शीर्ष, भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो, अष्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेको छ । टेष्ट वरियतामा भने भारत पहिलो र न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : २२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित