देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन व्यवसायीको पहल « Khabarhub

देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन व्यवसायीको पहल


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन अण्डा उत्पादक संघले पहल गर्ने भएको छ । अण्डाको मूल्यमा एकरुपता नहुँदा किसान व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै संघले मंगलबार काठमाडौंमा अण्डा उत्पादक किसान र वितरकबीच छलफल गरी पहल थाल्ने जनाएको हो ।

अहिले कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७० भए पनि ठाउँअनुसार मूल्य प्रति क्रेट ३० देखि ४० रुपैयाँ फरक रहेको संघको ठहर छ ।

देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन वितरकलाई निश्चित कमिसन निर्धारण गर्न लागिएको अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसिले बताए । यता नेपाल अण्डा वितरक संघका महासचिव सूर्यमान शाक्यले भने ३ प्रतिशतभन्दा कम मुनाफामा अण्डा बिक्री वितरण गर्न नसकिने बताए ।

मकैको मूल्य वृद्धि भएको बहानामा दाना उद्योगले दानाको मूल्य बढाउँदा अहिले किसानले लागत अनुसारको अण्डाको मूल्य पाउन सकेका छैनन् । प्रति गोटा अण्डा उत्पादन गर्न १० रुपैंया लागत पर्ने भएपनि अहिले किसानले ८ रुपैंयाभन्दा बढी पाउन सकेका छैनन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : १३ बजे

ड्युटीका प्रहरी जवान लडेर चलेको गोलीले उदयपुरमा मतपेटिका छेडियो

काठमाडौं- उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा प्रहरीको हतियारबाट गोली चल्दा

निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने शेखरको दाबी

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेस

मतदानपछि रविले भावुक हुँदै भने – ‘गुड भाइव’ आएको छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो निर्वाचनको

प्रकाशचन्द्र लोहनीले गरे मतदान

काठमाडौं– प्रकाशचन्द्र लोहनीले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान गरेका छन्। लोहनीले लिखु

सुरक्षाकर्मी र कर्मचारीले पाएनन् मतदान गर्न : सहजीकरण भइरहेको आयोगको भनाइ

काठमाडौँ – आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ। हरेक मतदातालाई