देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन व्यवसायीको पहल « Khabarhub

देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन व्यवसायीको पहल


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन अण्डा उत्पादक संघले पहल गर्ने भएको छ । अण्डाको मूल्यमा एकरुपता नहुँदा किसान व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै संघले मंगलबार काठमाडौंमा अण्डा उत्पादक किसान र वितरकबीच छलफल गरी पहल थाल्ने जनाएको हो ।

अहिले कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७० भए पनि ठाउँअनुसार मूल्य प्रति क्रेट ३० देखि ४० रुपैयाँ फरक रहेको संघको ठहर छ ।

देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन वितरकलाई निश्चित कमिसन निर्धारण गर्न लागिएको अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसिले बताए । यता नेपाल अण्डा वितरक संघका महासचिव सूर्यमान शाक्यले भने ३ प्रतिशतभन्दा कम मुनाफामा अण्डा बिक्री वितरण गर्न नसकिने बताए ।

मकैको मूल्य वृद्धि भएको बहानामा दाना उद्योगले दानाको मूल्य बढाउँदा अहिले किसानले लागत अनुसारको अण्डाको मूल्य पाउन सकेका छैनन् । प्रति गोटा अण्डा उत्पादन गर्न १० रुपैंया लागत पर्ने भएपनि अहिले किसानले ८ रुपैंयाभन्दा बढी पाउन सकेका छैनन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : १३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना