केन्द्रीय बैंकले डेढ अर्ब बराबरको रकम मुद्दति निक्षेपमा राख्ने « Khabarhub

केन्द्रीय बैंकले डेढ अर्ब बराबरको रकम मुद्दति निक्षेपमा राख्ने


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले रु एक अर्ब ५८ करोड बराबरको रकम एक वर्षका लागि बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमा राख्ने भएको छ । बैंकले मंगलबार एक सूचनामार्फत यस्तो जानकारी दिएको हो ।

बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब २६ करोड ८६ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु २३ करोड ७८ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु सात करोड ९२ लाख मुद्दति निक्षेपमा राख्न दिने भएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी भएको बैंक तथा वित्त कम्पनीमा लगानी गर्ने सर्त राखेको छ ।

यस्तै निकटतम आर्थिक वर्षमा सञ्चालन मुनाफा कमाएको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी भएको, लगानी गर्ने संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत कारवाही नपरेको वा समस्याग्रस्त घोषणा भएको हुनु नहुने उल्लेख छ ।

केन्द्रीय बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकममा दिने व्याजदरसमेत उल्लेख गरी यही भदौ १९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १० : ३० बजे

ड्युटीका प्रहरी जवान लडेर चलेको गोलीले उदयपुरमा मतपेटिका छेडियो

काठमाडौं- उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा प्रहरीको हतियारबाट गोली चल्दा

निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने शेखरको दाबी

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेस

मतदानपछि रविले भावुक हुँदै भने – ‘गुड भाइव’ आएको छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो निर्वाचनको

प्रकाशचन्द्र लोहनीले गरे मतदान

काठमाडौं– प्रकाशचन्द्र लोहनीले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान गरेका छन्। लोहनीले लिखु

सुरक्षाकर्मी र कर्मचारीले पाएनन् मतदान गर्न : सहजीकरण भइरहेको आयोगको भनाइ

काठमाडौँ – आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ। हरेक मतदातालाई