८ लाख अवैध भारुसहति २ जना पक्राउ « Khabarhub

८ लाख अवैध भारुसहति २ जना पक्राउ


१७ भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रहरीले ८ लाख भन्दा बढी अवैध भारतीय रुपैयाँहित २ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर–६ महाविरस्थान बस्ने ३९ वर्षीय अभिषेक सर्राफ र वीरगञ्ज–१० आदर्शनगर बस्ने ३३ वर्षीय बिष्णु श्रेष्ठलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सशस्त्रको राजश्व तथा भन्सार सुरक्षा गस्ती टोलीले उनीहरुको साथबाट ८ लाख ८ हजार २ सय ७२ अवैध भारतीय रुपैयाँ बरामद गरेको हो ।

ना ९ प १४८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउँदै गरेका उनीहरुले हेलमेट र शरीरमा उक्त रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार कार्कीले बताए ।

पक्राउ परेका दुबैजनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७६, मंगलबार  ८ : ४४ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत