एकै परिवारका चार जनासहित खाल्डोमा ५ जनाको शव भेटियो « Khabarhub

एकै परिवारका चार जनासहित खाल्डोमा ५ जनाको शव भेटियो


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको फेटा गाउँपालिका–४ मा एउटा खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो खाल्डोमा पाँच जनाको शव भेटिएको छ ।

बुधबार राति ती शव फेला परेका हुन् । घटनामा मृत्यु हुनेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन रहेका छन् भने अर्का एक  भारतीय नागरिक रहको प्रहरीले जनाएको छ ।

उनीहरुको मृत्युको कारण नखुले पनि बिजुली चोरेर प्रयोग गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

शव परीक्षण गरेपछि मात्र उनीहरुको मृत्युको कारण खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शव भेटिएको घरमा पहिले मदिरा भट्टी सञ्चालन हुने गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ५ : ४० बजे

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको