स्वारेज चम्किएपछि बार्सिलोना बिजयी « Khabarhub

स्वारेज चम्किएपछि बार्सिलोना बिजयी


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बार्सिलोना बिजयी भएको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरमिलानविरुद्ध सुरुवाती अग्रता उल्ट्याँउँदै बार्सिलोना जित निकाल्न सफल भएको हो । बार्सिलोनाको जितमा दुबै गोल लुइस स्वारेज गरे । खेलको तेस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएको भए पनि जित निकाल्न सकेन ।

खेलको दोस्रो हाफमा स्वारेजले बार्सिलोनाका लागि दुई गोल गरेका थिए । ५८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई १–१ को स्थितिमा ल्याए । त्यस्तै खेलको ८४ औं मिनेटमा स्वारेजले थप एक गोल गार्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

जितसँगै समूह ‘एफ’को बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

एक अंक जोडेको इन्टर तेस्रो स्थानमा रहेको छ । यस समूहमा ४ अंक जोडेको डर्टमण्ड शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ६ : ५४ बजे

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले

दोधारा चादँनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा भइरहेको छ

नतान्जको बदला : इजरायली परमाणु केन्द्रमा इरानको मिसाइल आक्रमण

तेलअभिभ- इरानले इजरायलको दक्षिणी सहर डिमोनास्थित परमाणु केन्द्रलाई लक्षित गर्दै

चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय

अमेरिका र इजरायलद्वारा इरानका ८० हजारभन्दा धेरै नागरिक स्थलमा आक्रमण

तेहरान- युद्ध सुरु भएदेखि हालसम्म अमेरिका र इजरायलले इरानका ८०