अमेरिका र इजरायलद्वारा इरानका ८० हजारभन्दा धेरै नागरिक स्थलमा आक्रमण « Khabarhub

अमेरिका र इजरायलद्वारा इरानका ८० हजारभन्दा धेरै नागरिक स्थलमा आक्रमण


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

तेहरान- युद्ध सुरु भएदेखि हालसम्म अमेरिका र इजरायलले इरानका ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण गरेक‍ा छन् । यी आक्रमणहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको इरानले आरोप लगाएको छ ।

उपलब्ध विवरणअनुसार आक्रमण गरिएका संरचनामध्ये २० हजार भन्दा बढी तेहरान मा रहेका छन् भने ६० हजारभन्दा बढी मुलुकका अन्य स्थानमा छन् । करिब १८ हजार ७९० व्यापारिक स्थलमा आक्रमण भएको, २६६ स्वास्थ्य संस्था प्रभावित भएको र ४९८ विद्यालय निशानामा परेको जनाइएको छ ।

आक्रमणका कारण १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको र ९० भन्दा बढी घाइते भएका छन् । साथै, बालबालिका र २३१ महिलासहित सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन् । विभिन्न सञ्चारमाध्यमका अनुसार युद्धमा कुल मृतक सङ्ख्या एक हजार ५०० भन्दा बढी पुगेको अनुमान गरिएको छ ।

गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा तेहरान लगायत इरानका विभिन्न शहरहरूमा आक्रमण सुरु गरेका थिए । आक्रमणमा परी इरानका पूर्व सर्वोच्च नेता अली खामेनेई सहित उच्च सैन्य अधिकारी र सर्वसाधारणको मृत्यु भएको बताइएको छ । त्यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १ : ५० बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम