महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी रोशनीको डिभोर्स ! « Khabarhub

महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी रोशनीको डिभोर्स !


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृष्णबहादुर महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी रोशनी शाही र उनका पतिबीच सम्बन्ध विच्छेद हुने भएको छ ।

रोशनीका पति चित्र जंग शाहीले ‘हामीले २८ वर्षसम्म सँगसँगै दिन वितायौं र सयमको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं’ भन्दै डिभोर्स गर्न सहमत भएको बताए ।

नेपाली कागजमा दुवै पक्षले डिभोर्स गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

पत्रमा भनिएको छ– थुप्रै उतार चढावकाबीचमा हाम्रा साथ साथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदारहेछन् । तथापी खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानूनी प्रकृयाको निरन्तरका साथ ।’

पत्रका दुवै जनाले हस्ताक्षर गरेका छन् ।

संसद सचिवालयकी कर्मचारीसमेत रहेकी शाहीले गत आइतवार राति तत्कालिन सभामुख कृष्णबहादुर महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

एक अनलाईनमा भिडियो अन्तर्वार्ता दिँदै उनले आफूमाथि महराले दुर्व्यवहार गरेको दाबी गरेकी थिइन् । कोठामा आएका महराले रक्सी सेवन गरेको र आफूमाथि दुव्यवहार गरेको उनले बताएकी थिइन् ।

त्यसक्रममा महराको चस्मा भाँचिएको र त्यो आफूसँग रहेको भन्दै देखाएकी थिइन् । महरासँगको सम्बादहरुसमेत भिडियोमा देखिएको थियो । तर त्यसको भोलिपल्ट अर्थात मंगलबार उनले आफ्नो बोली फेरेकी थिइन् । यससँगै घटनाले नयाँ मोड लिएको थियो ।

यौन दुर्व्यवहारको आरोप लागेसँगै चर्को आलोचनाको सिकार भएका महराले सभामुखबाट राजीनामा दिए । तर, उनले राजीनामा दिएको दिन साँझ नै उनले महरा आफ्नो कोठामा नआएको र महरा आफ्नो बाबु समान रहेको अर्को एक अनलाईनमा भिडियो अन्तर्वार्ता दिएकी थिइन् ।
आफूले डिप्रेसनको औषधि खाएको र आफूलाईसहित महरालाई पत्रकारले फसाएको उनको आरोप थियो ।

महराले दिएको राजीनामाको सूचना संसद सचिवालयले बुधबार सार्वजनिक गरेको छ ।

यससँगै बुधबार दिउँसो नै शाहीले आफूमाथि कुनै दुर्व्यवहार नभएको र आफूले कडा खालको डिप्रेसनको औषधि खाइरहेको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन् । उनले निवेदन दिएसँगै महरामाथिको छानविन र अनुसन्धान प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ११ : ३२ बजे

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट रोकाय र थापा निर्विरोध

काठमाडौं – नेकपा एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट बाजुराका

एमालेको महाधिवेशनमा प्रयोग हुनेछ ८० वटा भोटिङ मेसिन

काठमाडौँ- नेकपा एमालेले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय

काश्मीर आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको भारतीय अधिकारीहरुको ठहर

नयाँदिल्ली – भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले सोमबार भारत प्रशासित