सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु « Khabarhub

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी भएको आक्रमणमा चिकित्सा तथा प्रशासनिक कर्मचारी गरी दश जनाको मृत्यु भएको छ ।

साथै २२ जना सर्वसाधारण घाइते भएको सुडानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्मचारीहरूले आफ्नो कर्तव्य पालना गरिरहेको अवस्थामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले अल–जबालैन अस्पतालमा आक्रमण गरी उनीहरुको ज्यान लिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । 

मृतकहरू मध्ये अस्पतालको महानिर्देशक डाक्टर हमिद सुलेमान पनि रहेको जनाइएको छ भने उहाँको उपचारको क्रममा मृत्यु भएको थियो ।

 मन्त्रालयले अन्तर्राष्ट्रिय मापदण्ड र कानुनको उल्लङ्घन गरी आक्रमण गरेको बताउँदै नागरिक र स्वास्थ्य सुविधालाई निरन्तर लक्षित गरी आक्रमण गरिएको भन्दै  निन्दा गरेको छ ।

 सन् २०२३ अप्रिलको मध्यमा सुरु भएको सुडानी सशस्त्र बल र आरएस एफ बिचको द्वन्द्वमा दशौं हजारको मृत्यु हुनुका साथै लाखौं विस्थापित भएको जनाइएको छ ।

विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले लगभग तीन वर्ष लामो द्वन्द्वमा २१३ वटा स्वास्थ्य सुविधाहरूमा आक्रमण गर्दा दुई हजार भन्दा बढीको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ३ : २१ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी