अमेरिका बस्ने नन्दिता भन्छिन् – नेपाली फिल्ममा ‘कमब्याक’ हुन्छु « Khabarhub

अमेरिका बस्ने नन्दिता भन्छिन् – नेपाली फिल्ममा ‘कमब्याक’ हुन्छु


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै बेलाकी चर्चित अभिनेत्री नन्दिता केसी यतिबेला नेपालमा छिन् । लामो समयदेखि उनी अमेरिका बस्दै आइरहेकी छिन् । अमेरिकाको जीवनशैलीमा रमाइरहेकी नन्दिताले सामाजिक सञ्जालमा भने आफ्ना तस्वीर शेयर गरिरहेकी हुन्छिन् ।

उनले निशाना, कैफियत, सपना त्रिशुल लगायत कैयन् फिल्ममा अभिनय गरेकी छिन् । विराज भट्टदेखि राजेश हमालसँग अनस्कृन रोमान्स गरेकी नन्दिताका फ्यान पनि उत्तिकै छन् ।

हालै एक अन्तर्वार्तामा नन्दिताले यो क्षेत्रमा आउँछु भनेर आफूले सोच्दै नसोचेको बताइन् । अन्तर्वार्ताका क्रममा उनले भनिन्, ‘फिल्ममा काम गर्ने मेरो सोचाइ नै थिएन, फिल्ममा अफर आयो, घरमा कुरा राख्दा हुन्छ भन्नुभयो, अनि खेलियो,’ उनले भनिन्, ‘केही फिल्म सफल भए, केही असफल भए, अहिले टाढा हुँदा त्यति गुनासो छैन ।’

उनले फिल्म क्षेत्रमा विना योजना आएको हुनाले टाढा हुनुपर्दा त्यतिधेरै नरमाइलो नलागे पनि कहिलेकाहीँ भने मिस गर्ने बताइन् । झण्डै एक दशक नेपाली फिल्म क्षेत्रमा बिताएकी नन्दिता फिल्म चल्न छोडेपछि भने अमेरिका भासिएकी थिइन् ।

‘उता जाने भन्दा पनि परिवारले हुन्छ भन्नुभयो, परिवार बुझ्ने हुँदा मलाई पनि सहज भएको छ,’ उनले भनिन् ।

यद्यपि उनले पछि कलाकारका रुपमा या मेकरका रुपमा यो क्षेत्रमा फर्किने समेत बताइन् । ‘सानैबाट मान्छेको कुनै प्यासन हुन्छ नि, त्यस्तो प्यासन मेरो फिल्म थिएन, त्यसैले टाढा हुँदा खासै गाह्रो भएन, तर कमब्याक हुन्छु,’ नन्दिताले भनिन् ।

अमेरिकामा रहँदा पनि फिल्मसँगैका इभेन्टमा भाग लिने गरेको पनि उनले बताइन् । पछिल्लो समय भने नन्दिताले फिल्म क्षेत्रबाट पूर्ण रुपमा दूरी बढाएकी छिन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १२ : ०४ बजे

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत