अमेरिका बस्ने नन्दिता भन्छिन् – नेपाली फिल्ममा ‘कमब्याक’ हुन्छु « Khabarhub

अमेरिका बस्ने नन्दिता भन्छिन् – नेपाली फिल्ममा ‘कमब्याक’ हुन्छु


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै बेलाकी चर्चित अभिनेत्री नन्दिता केसी यतिबेला नेपालमा छिन् । लामो समयदेखि उनी अमेरिका बस्दै आइरहेकी छिन् । अमेरिकाको जीवनशैलीमा रमाइरहेकी नन्दिताले सामाजिक सञ्जालमा भने आफ्ना तस्वीर शेयर गरिरहेकी हुन्छिन् ।

उनले निशाना, कैफियत, सपना त्रिशुल लगायत कैयन् फिल्ममा अभिनय गरेकी छिन् । विराज भट्टदेखि राजेश हमालसँग अनस्कृन रोमान्स गरेकी नन्दिताका फ्यान पनि उत्तिकै छन् ।

हालै एक अन्तर्वार्तामा नन्दिताले यो क्षेत्रमा आउँछु भनेर आफूले सोच्दै नसोचेको बताइन् । अन्तर्वार्ताका क्रममा उनले भनिन्, ‘फिल्ममा काम गर्ने मेरो सोचाइ नै थिएन, फिल्ममा अफर आयो, घरमा कुरा राख्दा हुन्छ भन्नुभयो, अनि खेलियो,’ उनले भनिन्, ‘केही फिल्म सफल भए, केही असफल भए, अहिले टाढा हुँदा त्यति गुनासो छैन ।’

उनले फिल्म क्षेत्रमा विना योजना आएको हुनाले टाढा हुनुपर्दा त्यतिधेरै नरमाइलो नलागे पनि कहिलेकाहीँ भने मिस गर्ने बताइन् । झण्डै एक दशक नेपाली फिल्म क्षेत्रमा बिताएकी नन्दिता फिल्म चल्न छोडेपछि भने अमेरिका भासिएकी थिइन् ।

‘उता जाने भन्दा पनि परिवारले हुन्छ भन्नुभयो, परिवार बुझ्ने हुँदा मलाई पनि सहज भएको छ,’ उनले भनिन् ।

यद्यपि उनले पछि कलाकारका रुपमा या मेकरका रुपमा यो क्षेत्रमा फर्किने समेत बताइन् । ‘सानैबाट मान्छेको कुनै प्यासन हुन्छ नि, त्यस्तो प्यासन मेरो फिल्म थिएन, त्यसैले टाढा हुँदा खासै गाह्रो भएन, तर कमब्याक हुन्छु,’ नन्दिताले भनिन् ।

अमेरिकामा रहँदा पनि फिल्मसँगैका इभेन्टमा भाग लिने गरेको पनि उनले बताइन् । पछिल्लो समय भने नन्दिताले फिल्म क्षेत्रबाट पूर्ण रुपमा दूरी बढाएकी छिन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १२ : ०४ बजे

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज