नवरात्रिका बेला भुलेर पनि नगर्नुहोस् यी काम | Khabarhub Khabarhub

नवरात्रिका बेला भुलेर पनि नगर्नुहोस् यी काम


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू नेपालीहरुको महान पर्व दर्शैको पाँचौं दिन हो ।दशैंलाई नवरात्र पनि भनिन्छ । दशैं घरमा घटस्थापनाको दिनदेखि देवीहरुको पूजा उपासना हुने गरेको छ ।

आज नवरात्रको पाँचौ दिन स्कन्दमाताको पूजा आराधना गरि मनाइएको छ ।

१० दिनसम्म देवी दूर्गाका ९ अवतारको पूजा आराधना र उपासना गरि दशमीको दिन प्रसाद ग्रहरण गरेसँगै दशैं वा नवरात्र सकिन्छ । तर सांस्कृतिक रुपमा भने देशका कतिपय स्थानमा आफूभन्दा ठूला वा मान्यजनबाट पूर्णिमाको दिनसम्म पनि टिका थाप्ने प्रचलन रहेको छ ।

नवरात्र विशेषत देवी भगवतिको शक्तिको उपासनाको पर्व हो । देवी माताहरुको पूजा उपासना र आराधनाले दुख कष्ट नाश हुने धार्मिक विश्वास रहेको छ । यो बेलामा देवी माताको पूजा आराधना गर्न केही नियमहरु रहेका छन् भने व्यक्तिले पनि नियममा रहनुपर्छ ।

यस्ता छन् नियम

– नवरात्रीका दौरान उपवास गर्ने व्यक्तिले जुँगा, दोह्री, कपाल काट्नु हुँदैन ।

– घरमा देवीको मूर्ति तथा कलश स्थापना गरेपछि घरलाई खाली छाड्नु हुँदैन ।

– ९ दिनसम्म सात्विक भोजन मात्रै गर्नुपर्छ । उपवास गर्ने व्यक्तिले माछा, मासु, अण्डा तथा लसुन, प्याज एवम् मास र मसुराको दाल खानु हुँदैन ।

– उपवास गर्ने व्यक्तिले व्रतको बेला खाने खानामा अनाज समावेश गर्नु हुँदैन । फलफूल र दूध मात्रै खानु पर्छ ।

– विष्णु पुराणका अनुसार नवरात्री व्रतको समयमा दिउँसो सुत्नु हुँदैन ।

– उपवासका दौरान जाँड रक्सी छुनु पनि हुँदैन ।

– व्रतको दौरान सूर्तिजन्य पदार्थ, जस्तै चुरोट, खैनी, गुटखा पनि सेवन पनि गर्नु हुँदैन ।

– व्रतको समयमा शारीरिक सम्बन्ध राख्नु हुँदैन ।

– महिलाले मासिक धर्म महिनावारीको बेला पूजा गर्नु हुँदैन ।

– महिनावारीको सात दिनसम्म पूजा गर्न बर्जित गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ४ : ४२ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार